टाटा मोटर्सद्वारा भारतमा इभी चार्जिङ स्टेशनहरूको लागि शेलसँग सम्झौता

Technology Khabar ३० चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले इलेक्ट्रिक गाडी (ईभी) को चार्जिङ पूर्वाधार बढाउन शेलसँग सम्झौता गरेको छ। यी चार्जिङ स्टेसनहरू बेलायती तेल तथा ग्यास कम्पनी शेलको भारतमा रहेको इन्धन स्टेशनहरूमा जडान गरिनेछ। पछिल्ला केही वर्षहरूमा ईभीको बिक्री तीव्र रूपमा बढेको छ र टाटाले आफ्नो ध्यान पनि इभीमा लगाईरहेको छ।

टाटा मोटर्सका ईभी ग्राहकहरूले टाटा पावरको ईभी चार्जरका साथै तेस्रो-पक्ष ईभी चार्जिङ नेटवर्कहरू प्रयोग गर्छन्। टाटा पावरसँग भारतभरी ८,००० भन्दा बढी ईभी चार्जिङ स्टेशनहरू छन्।

भारतीय उर्जा मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा करिब १२ हजार १४६ विद्युतीय चार्जिङ स्टेसन छन्। यसबारे देशमा शेलको एकाइका निर्देशक सञ्जय वर्केले भने, “टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीसँगको हाम्रो साझेदारीले विद्युतीय सवारी साधनको पहुँच बढाउने लक्ष्य राखेको छ। यसका लागि डिजिटल एकीकरण र ग्राहक संलग्नता प्रयासहरू प्रयोग गरिने छ।”

गत महिना टाटा मोटर्सले हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल) सँग ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्न सम्झौता गरेको थियो। यस अन्तर्गत हिन्दुस्तान पेट्रोलियमका करिब ५ हजार इन्धन पम्पमा यसै वर्षको अन्त्यसम्ममा यी चार्जिङ स्टेशनहरू जडान गरिनेछ। एचपीसीएलसँग २१,००० भन्दा बढी इन्धन पम्पहरू छन्। यी इन्धन पम्पहरूमा चार्जर जडान गरेर कम्पनीले आफ्ना ग्राहकहरूको अनुभवमा सुधार ल्याउन सक्ने बताएको छ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया