Technology Khabar ३० चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
गुगलले बिहीबार गुगल फोटोज भित्रको एआई–पावर्ड टुल्स अब एप प्रयोग गर्ने जो कोहीलाई पनि उपलब्ध हुने र त्यसको लागि कुनै पनि सदस्यता आवश्यक नपर्ने घोषणा गरेको छ। यसमा म्याजिक इरेजर, फोटो अनब्लर र पोर्ट्रेट लाइट फिचरहरु रहेको छ।
गुगलको एनुअल डेभलपर कन्फ्रेन्स (वार्षिक विकासकर्ता सम्मेलन) को भोलिपल्ट अर्थात आगामी मे महिनाको १५ तारिखदेखि यसलाई सुरु गरिने जनाइएको छ। यद्यपि यसको रोलआउटका लागि केही हप्ता लाग्नेछ।
साथै उल्लेखित तीनओटा फिचरहरू “पिक्सेल ट्याब्लेटहरू सहित थप उपकरणहरूमा पनि उपलब्ध हुने गुगलले खुलासा गरेको छ।
गत वर्ष, गुगलले पिक्सेल ८ र पिक्सेल ८ प्रो मा म्याजिक इडिटर फिचर लन्च गरेको थियो। यसले विषयलाई पुनः स्थान दिने (सब्जेक्ट रिपोजनिङ) वा आकाशको रङ्गलाई फरक रङ्गमा परिवर्तन गर्ने जस्ता सरल कार्यहरूका साथ जटिल सम्पादनहरू गर्ने जेनेरेटिभ एआई प्रयोग गरेको जनाइएको छ। अब, यो असीमित उपयोग भएका सबै पिक्सेल डिभाइसहरूमा पनि विस्तार हुने थप उल्लेख गरिएको छ।
यस बाहेक, एन्ड्रोइड र आईओएस दुबैमा सबै गुगल फोटोजका प्रयोगकर्ताहरूले प्रति महिना १० ओटा म्याजिक इडिटरको सुबिधा पाउने जनाइएको छ।
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार