
काठमाडौं ।
मेटा प्लेटफर्मले बुधबार कम्पनीको इन-हाउस आर्टिफिसियल इन्टेलिजेन्स एक्सेलरेटर चिपको अर्को पुस्ताको बारेमा विवरणहरू अनावरण गरेको छ।
आन्तरिक रूपमा “आर्टेमिस” भनेर चिनिने चिपले मेटालाई एनभिडियाको एआई चिप्समा निर्भरता कम गर्न र समग्र ऊर्जा लागत घटाउन मद्दत गर्ने रोयटर्सले रिपोर्ट गरेको छ।
“यो चिपको आर्टिटेक्चर आधारभूत रूपमा कम्प्युट, मेमोरी ब्यान्डविथ, र र्याकिंग र सिफारिस मोडेलहरू सेवाको लागि मेमोरी क्षमताको सही सन्तुलन प्रदान गर्नमा केन्द्रित छ,” कम्पनीले एक ब्लग पोस्टमा लेख्यो।
रिपोर्टअनुसार नयाँ मेटा ट्रेनिङ एण्ड इन्फरेन्स एक्सेलेरेटर (एटीआईए) चिप कम्पनीको फराकिलो कस्टम सिलिकन प्रयासको हिस्सा हो जसमा अन्य हार्डवेयर प्रणालीहरू पनि हेर्ने समावेश छ। चिप्स र हार्डवेयर निर्माण बाहेक, मेटाले यसको पूर्वाधारको शक्तिलाई सबैभन्दा प्रभावकारी तरिकामा प्रयोग गर्न आवश्यक सफ्टवेयर विकास गर्न महत्त्वपूर्ण लगानी गरेको छ।
यस बाहेक कम्पनीले एनभिडिया र अन्य एआई चिपहरू किन्नमा अर्बौं खर्च गरिरहेको छ। यस वर्ष कम्पनीले एनभिडियाबाट लगभग ३ लाख ५० हजार फ्ल्यागशिप एच१०० चिपहरू प्राप्त गर्ने योजना बनाएको सीईओ मार्क जुकरबर्गले भनेका थिए। अन्य आपूर्तिकर्ताहरूसँग मिलेर, मेटाले यस वर्ष ६ लाख एच १०० चिप्स बराबर जम्मा गर्ने योजना बनाएको उनले भने।
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार