नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

  • Technology Khabar | २९ चैत्र २०८०, बिहीबार
नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

काठमाडौं ।

नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ।

यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो। कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो।

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ। परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ।

त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ। इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ।

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • २९ चैत्र २०८०, बिहीबार