Technology Khabar २९ चैत्र २०८०, बिहीबार
काठमाडौं ।
भारतीय इलेक्ट्रिक दुई पांग्रे निर्माता लेक्ट्रिक्स ईभीले किफायती मूल्यमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। लेक्ट्रिक्स ईभीले नयाँ इलेक्ट्रिक स्कुटर एलएक्सएस २.० नाममा पेश गरेको छ। यस नयाँ इलेक्ट्रिक दुई पांग्रेको मूल्य ४९ हजार ९९९ भारु तोकिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। लेक्ट्रिक्स ईभी एसएआर ग्रुप अन्तर्गतको इलेक्ट्रिक मोबिलिटीमा उपलब्ध छ।
कम्पनीका अनुसार इलेक्ट्रिक स्कुटरले सिंगल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्छ। यसको टप स्पीड ५० किलोमिटर प्रति घण्टा छ।
मासिक सब्सक्रिप्सनमा ब्याट्री
लेक्ट्रिक्स ईभीको नयाँ इलेक्ट्रिक स्कुटरको ब्याट्री मासिक सब्सक्रिप्सन विकल्पको रुपमा उपलब्ध छ। लेक्ट्रिक्स ईभी रिमूवल ब्याट्रीका साथ मासिक सब्सक्रिप्सनमा सर्भिस दिने भारतको पहिलो (मूल उपकरण उत्पादक) ओईएम भएको दाबी गरिएको छ।
यसको अर्थ उपभोक्ताहरुलाई ब्याट्री सेवाका लागि सदस्यता दिइनेछ र त्यसको आधारमा भुक्तानी गर्नुपर्छ। ब्याट्री सर्भिस कार्यक्रमका कारण लेक्ट्रिक्स ईभीका ग्राहक बाँकी इलेक्ट्रिक स्कुटरको तुलनामा ४० प्रतिशतसम्मको कम मूल्यमा खरिद गर्न सक्षम भएको कम्पनीको दाबी छ।
कम्पनीले पहिलो पटक २०२४ जनवरीमा एलएक्सएस २.० इलेक्ट्रिक स्कुटर कम रेञ्ज भर्सनमा लन्च गरेको थियो। जसले सिंगल चार्जमा ९८ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको थियो। २.३ किलोवाट ब्याट्री प्याक युक्त स्कुटरको मूल्य ७९ हजार ९९९ भारु (एक्स शोरुम) तोकिएको छ।
लेक्ट्रिक्स ईभीको नयाँ एलएक्सएस २.० ले ग्राहको तीन महत्वपूर्ण आवश्यकता रेञ्ज, गुणस्तर र मूल्य पुरा गर्ने कम्पनीको विश्वास छ। लेक्ट्रिक्स ईभीले नयाँ एलएक्सएस २.० इलेक्ट्रिक स्कुटरमा ३ वर्ष वा ३० हजार किलोमिटरको ब्याट्री वारेन्टी प्रदान गर्छ।
साथै मोडलमा एन्टी थेफ्ट सिस्टम, इमरजेन्सी एसओएसका साथ कयौं आधुनिक फिचर्स छ। कम्पनीका अनुसार भारतका १० हजार भन्दा बढी उपभोक्ताले लेक्ट्रिक्स ईभी प्रयोग गर्दै आइरहेका छन्।
भारतमा किफायती इलेक्ट्रिक स्कुटर लन्च, मूल्य ३६ हजार ९९० भारु
यस अघि अर्को भारतीय कम्पनी नेक्सजेन एनेर्जियाले ३६ हजार ९९० भारुमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरिसकेको छ।
प्रकाशित: २९ चैत्र २०८०, बिहीबार