केन्ट आर.ओ.को नयाँ वर्ष २०८१ को अफर

  • Technology Khabar | २८ चैत्र २०८०, बुधबार
केन्ट आर.ओ.को नयाँ वर्ष २०८१ को अफर

काठमाडौं ।

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ई.ओ.एल. प्रा. लि.ले यसपालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा उपलब्ध रहेको केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै “नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल पाइने जानकारी दिएको छ।

कम्पनीकाअनुसार यो ग्राहक योजना चैत २३, २०८० देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ।

केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...