भारतीय मोबाइल ब्राण्ड लाभाले आफ्नो पहिलो स्मार्टवाच लन्च गर्ने

  • Technology Khabar | २८ चैत्र २०८०, बुधबार
भारतीय मोबाइल ब्राण्ड लाभाले आफ्नो पहिलो स्मार्टवाच लन्च गर्ने

काठमाडौं ।

भारतीय ह्यान्डसेट निर्माता लाभाले अप्रिल २३ मा भारतमा हुने एक लन्चिङ्ग कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाच अनावरण गरिने घोषणा गरेको छ।

लाभाको पहिलो स्मार्टवाचलाई ‘प्रोवाच’ भनिने छ भने ब्रान्डका टिजरहरूले यो गोलाकार डिजाइनमा हुने सुझाव दिएको छ। साथै यो नयाँ स्मार्टवाचले हार्ट रेट मनिटरिङ(मुटुको गति निगरानी) लाई पनि समर्थन गर्ने र सम्भवतः यो पानी प्रतिरोधी पनि हुने उल्लेख गरिएको छ।

यस बाहेक कम्पनीको पहिलो स्मार्टवाचको बारेमा थप जानकारीहरु आएका छैनन्।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार