Technology Khabar २७ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
छिमेकी देश भारतको टलिउडका अभिनेता अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा २’ (पुष्पा २ को टिजर युट्युब) को टिजर सार्वजनिक भएको छ। सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को दोस्रो भाग १५ अगस्ट २०२४ मा रिलिज हुनेछ।
सोमबार रिलिज भएको टिजरले इन्टरनेटमा हलचल मच्चाएको छ। फिल्मको टिजरले युट्युबमा मात्र ५ घण्टामा एक करोड भ्युज पाएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन सामाजिक सञ्जालमा लोकप्रिय छन्। मानिसहरूले उनलाई सदाबहार स्टार भनेर बोलाउँछन्। अल्लुको जन्मदिनमा निर्माताले ‘पुष्पा २’ को टिजर सार्वजनिक गरेका हुन् । १ मिनेट ८ सेकेन्डको भिडियोमा अल्लुको ‘स्वाग’ मात्र देखिन्छ।
यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन्। अल्लु बाहेक फिल्ममा रश्मिका मन्डन्ना र फहद फाजिल जस्ता स्टारहरू देखिनेछन्। पुष्पाले बक्स अफिसमा ३५० करोडभन्दा बढीको व्यापार गर्यो। पहिलो भाग यस्तो बिन्दुमा समाप्त भयो कि दर्शकहरू अर्को कथा हेर्न उत्सुक छन्। तर, निर्माताले ‘पुष्पा २’ को टिजरमा सिनेमाको कथा भने खुलाएका छैनन्।
पुष्पा २ को टिजरमा निर्माताले अल्लुको गेटअपलाई पूरै परिवर्तन गरेका छन्। उनी सारी र घुङ्गरु लगाएको देखिन्छन्। यो अल्लुको अहिलेसम्मको सबैभन्दा अनौठो लुक भएको टिजर हेर्ने मानिसहरूले सोशल मिडियामा लेखिरहेका छन्। टिजरमा सारी लगाएर अल्लु आफ्ना शत्रुहरूसँग लडिरहेको देखिन्छ।
मिडिया रिपोर्टका अनुसार पुष्पा २ को टिजरमा जथारा सिक्वेन्स देखाइएको छ। यसलाई सम्माक्का सरलाम्मा पनि भनिन्छ। यो हिन्दू आदिवासी देवताहरूको सम्मानमा मनाइने चाड हो र तेलंगानामा आयोजना हुन्छ।
प्रकाशित: २७ चैत्र २०८०, मंगलवार