क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक

काठमाडौं ।

होम अप्लायन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको “नयाँ वर्षे जात्रा, उपहारसँग थाइल्यान्डको यात्रा“ नामक योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम अप्लायन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले यो योजनाको लाभ चैत २३ गतेदेखि सिमित अवधिका लागि नेपालभरी रहेको क्रम्पटनका अधिकृत विक्रेतामार्फत उठाउन सक्ने बताईएको छ।

यस योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडियाको साईड बाई साईड रेफ्रिजेरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाइल्यान्ड जाने मौका प्रदान गरिने कम्पनीले जारी विज्ञप्तीमा जनाएको छ।

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...