बेलायतमा माइक्रोसफ्टको नयाँ एआई कार्यालय खुल्दै

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
बेलायतमा माइक्रोसफ्टको नयाँ एआई कार्यालय खुल्दै

काठमाडौं ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धान र विकासलाई समर्पित लन्डनमा नयाँ कार्यालय खोल्दैछ।

टेक फर्मको एआई सीईओ मुस्तफा सुलेमानले आगामी हप्ता र महिनाहरूमा ‘असाधारण व्यक्तिहरू’ को लागि पदको विज्ञापन गर्ने बताए।
तर कति रोजगारी सिर्जना हुने उनले नबताएको बीबीसीले उल्लेख गरेको छ।

माइक्रोसफ्ट च्याटजीपीटी निर्माता ओपनएआईको एक प्रमुख लगानीकर्ता हो। जसले आफैंले २०२३ मा लन्डनमा कार्यालय खोलेको थियो।

‘युकेमा एआई प्रतिभा र विशेषज्ञताको ठूलो कुन्ड छ,’ सुलेमानले एक ब्लग पोस्टमा भने, ‘माइक्रोसफ्टले यस क्षेत्रमा महत्वपूर्ण, दीर्घकालीन लगानी गर्ने योजना बनाएको छ किनकि हामीले यस नयाँ एआई हबमा उत्कृष्ट एआई वैज्ञानिक र इन्जिनियरहरू नियुक्त गर्न सुरु गर्दैछौं।’

सुलेमानले युकेमा एआई रिसर्च ल्याब डिपमाइन्डको सह–स्थापना गरेका थिए। जसलाई गुगलले २०१४ मा किनेको थियो।

मार्चमा माइक्रोसफ्टमा सामेल हुनु अघि उनले २०२२ मा आफ्नै एआई स्टार्ट–अप, इन्फ्लेक्शन एआई सुरू गरेका थिए।

एआई इन्जिनियर जोर्डन होफम्यान जसले डिपमाइन्ड र इन्फ्लेक्शनमा पनि काम गरेकाले नयाँ कार्यालयको नेतृत्व गर्ने उनले बताए।

‘माइक्रोसफ्ट एआई लन्डनले अत्याधुनिक भाषा मोडेल र तिनीहरूको समर्थन गर्ने पूर्वाधारलाई अगाडि बढाउन अग्रगामी कार्यहरू सञ्चालन गर्नेछ,’ सुलेमानले भने।

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार