चीनको स्मार्टफोन उत्पादन पहिलो दुई महिनामा बढ्यो

  • Technology Khabar | २६ चैत्र २०८०, सोमबार
चीनको स्मार्टफोन उत्पादन पहिलो दुई महिनामा बढ्यो

काठमाडौं ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सन् २०२४ को पहिलो दुई महिनामा स्मार्टफोनको उत्पादन वार्षिक ३१.३ प्रतिशतले बढेर १७२ मिलियन युनिट पुगेको छ।

नवाचारको खोजीमा उद्योगको प्रयासलाई प्रदर्शन गर्दै, स्वदेशी स्मार्टफोन उत्पादकहरूले लगातार नयाँ मोडेलहरू रोल आउट गर्दै आएका मन्त्रालयले भनेको छ।

मन्त्रालयले सञ्चार उपकरण, स्मार्ट हार्डवेयर र लिथियम-आयन ब्याट्रीजस्ता प्रमुख क्षेत्रहरूमा प्रगतिलाई गति दिनेछ र फाइभजी मोबाइल फोन ढुवानीलाई २०२४ मा चीनको कुल मोबाइल फोन बजारको ८५ प्रतिशतभन्दा बढी बनाउन प्रयास गर्ने सिन्ह्वाको रिपोर्टमा उल्लेख छ।

यस वर्षको सुरुदेखि नै चीनको इलेक्ट्रोनिक सूचना उत्पादन क्षेत्रले गति लिइरहेको छ र यस अवधिमा यस क्षेत्रका प्रमुख कम्पनीहरूको मूल्य अभिवृद्धि औद्योगिक उत्पादन वार्षिक रूपमा १४.६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार