Technology Khabar २६ चैत्र २०८०, सोमबार
काठमाडौं ।
भारतीय बजारमा किफायती इलेक्ट्रिक स्कुटर लन्च भएको छ। इलेक्ट्रिक सवारी उत्पादन गर्ने कम्पनी नेक्सजेन एनेर्जियाले ३६ हजार ९९० भारुमा नयाँ इलेक्ट्रिक स्कुटर पेश गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। भारतीय अभिनेता सुनील शेट्टीले उक्त ईभी सार्वजनिक गरेका हुन्।
इलेक्ट्रिक सवारी निर्माता नेक्सजेन एनर्जियाको मुख्यालय भारतको नोएडामा छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक दुई पांग्रो किफायती मूल्यमा पेश गरेर ठूलो जनसंख्याले आफ्नो उत्पादन अपनाउने विश्वास व्यक्त गरेको छ।
नेक्सजेन एनर्जियाले मध्यम वर्गका ग्राहकलाई कम मूल्यमा इलेक्ट्रिक सवारी किन्न सक्षम बनाउन किफायती उत्पादन ल्याएको बताएको छ। कम्पनीका अध्यक्ष पीयूष द्विवेदीले यसको उद्देश्य पर्यावरणको हितमा प्रत्येक भारतीय नागरिकलाई इलेक्ट्रिक सवारी उपलब्ध गराउने हो।
कम्पनीले इलेक्ट्रिक स्कुटरको बिक्री बढाउन ५०० भन्दा धेरै डिस्ट्रीब्यूटर नेटवर्क स्थापित गर्ने र ईभी सेक्टरमा कबिर ५० हजार मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने रहेको छ।
पीयूष द्विवेदीले भने हामी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५० हजार मानिसलाई रोजगारी दिन गइरहेका छौं। इलेक्ट्रिक सवारीको क्षेत्रमा भारत भविष्य बन्दै गइरहेको उनले बताए। कम्पनीले हाल इलेक्ट्रिक दुई पांग्रे सेगमेन्ट विकसित गरिरहेको जानकारी दिएको छ।
किफायती इलेक्ट्रिक कार
कम्पनीले इलेक्ट्रिक कार बनाउने योजना पनि बनाएको छ। पीयूष द्विवेदीले कम्पनीले भारतीय बजारमा ५ लाख रुपैयाँ भन्दा कम मूल्यको कार ल्याउने बताएका छन्।
यसले मध्यम वर्गका उपभोक्ता माझ इलेक्ट्रिक कार सजिलै पुग्नेछ। नेक्सजेन एनर्जीका अनुसार यदि कार ५ लाख भारु भन्दा सस्तो मूल्यमा उपलब्ध हुनेछ भने यो विश्वको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ।
जम्मू र कश्मीमा प्लान्ट
कम्पनीले जम्मू र कश्मीमा इलेक्ट्रिक सवारी बनाउनेका लागि म्यान्युफ्याक्चरिङ यूनिट स्थापना गर्दैछ। यसका लागि कम्पनीले करिब एक हजार करोड भारु लागनी गर्नेछ। यसका लागि कम्पनीका प्रतिनिधिहरु जम्मू र कश्मीका अधिकारीसँग वार्तामा छन्।
प्रकाशित: २६ चैत्र २०८०, सोमबार