भारतमा एथरको पारिवारिक इलेक्ट्रिक स्कुटर रिज्टा लन्च, सुरुवाती मूल्य एक लाख ९ हजार ९९९ भारु

  • Technology Khabar | २५ चैत्र २०८०, आईतवार
भारतमा एथरको पारिवारिक इलेक्ट्रिक स्कुटर रिज्टा लन्च, सुरुवाती मूल्य एक लाख ९ हजार ९९९ भारु

काठमाडौं ।

इलेक्ट्रिक दुई पांग्रे उत्पादक एथर एनर्जीले भारतमा पारिवारिक स्कुटर एथर रिज्टा लन्च गरेको हो। साथै कम्पनीले हलो स्मार्ट हेलमेट पनि पेश गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। कम्पनीले रिज्टा इलेक्ट्रिक स्कुटर एक लाख ९ हजार ९९९ भारु (एक्स शोरुम)को सुरुवती मूल्यमा ल्याएको हो।

भारतीय उपभोक्ताका लागि ९९९ भारु टोकन मूल्यमा यस अघिदेखि नै बुकिङ खुलाइएको थियो। नयाँ एथर रिज्टा ठूलो सिट र धेरै अन्डरसिट स्टोरेजका साथ पेश गरिएको छ। भारतमा यस इलेक्ट्रिक स्कुटरको प्रतिस्पर्धा टीभीए आईक्यूब, हिरो भिदा भी१ प्रो र ओला एस१ एयर लगायतसँग हुनेछ।

डिजाइन

एथर रिज्टा इलेक्ट्रिक स्कुटरमा एक फोल्डेबल पिलियन फुटरेस्ट, एप्रन–माउन्टेड एलईडी हेडलाइटका साथ ठूलो फ्लोरबोर्ड दिइएको छ। ईभीको हेडलाइट सेक्सन एप्रनको किनाराको तर्फ फैलिएको छ।

डीआरएल हेडलाइट काउलको तल लगाइएको छ। एथर रिज्टामा अन्डर सिट स्टोरेज र वैकल्पिक फ्रन्क एक्सेसरी जोडेर कुल ५६ लिटरको स्पेस दिइएको छ। अन्डर सिटमा एक मल्टी पर्पस चार्जको सुविधा पनि दिइएको छ।

यसमा उपभोक्ताले फोन, ल्यापटप र हेलमेट (हलो) चार्ज गर्न सक्छन्। साथै सपिङका लागि एक स्टोरेग ब्याग पनि पाइन्छ। यस्तै इलेक्ट्रिक स्कुटरमा रिभर्स पार्किङको सुविधा पनि दिइएको छ। ईभीलाई रोक्नका लागि म्याजिक ट्विस्टको सुविधा पनि दिइएको छ।

ब्याट्री र रेञ्ज

नयाँ रिज्टा दुई मोडल र तीन भेरियन्टमा पेश गरिएको छ। यसमा रिज्टा एस र रिज्टा जेड रहेको छ। नयाँ इलेक्ट्रिक स्कुटरमा दुई ब्याट्री विकल्प पाउन सकिन्छ।

रिज्टा एस २.९ किलोवाट ब्याट्री प्याकमा १२३ किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ भने रिज्टा जेड ३.७ किलोवाट ब्याट्री प्याकमा १६० किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम भएको कम्पनीको दाबी छ। एथर रिज्टा एसमा ३ मोनोटो र रिज्टा जेडमा ७ कलर ( ३ मोनोटोन र ४ डुअल टोन) कलर विकल्प पाउन सकिन्छ।

रिज्टा एस र रिज्टा जेडका साथ ३५० वाट एथर पोर्टेबल चार्जर र टप एण्ड रिज्टाका लागि ७०० वाट नयाँ एथर डुओ चार्जरको सुविधा दिइएको छ। एथर एनर्जीसँग भारतमा एक हजार ८०० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्ट नेटवर्क छ।

एथर रिज्टामा दुई डाइभिङ मोड जिप र स्मार्टइको दिइएको छ। सेफ्टीका लागि स्किडकन्ट्रोल फिचर्स पनि दिइएको छ। यसका थौ फल सेफ, इमरजेनसी स्टप सिग्नल (ईएसएस), थेफ्ट एन्ड टो डिटेक्ट र फाइन्ड माई स्कुटर लगायत सुविधा दिइएको छ। ईभीको अगाडि पछाडि १२ इन्चको ह्वील दिइएको छ।

फिचर्स

यस पारिवारिक स्कुटरमा कल र एएमएस अलर्टका लागि ब्लूटूथ कनेक्टिभिटी र गुगल म्याप्स नेभिगेसनका साथ टीएफटी इन्ट्रुमेन्ट कन्सोल दिइएको छ। नयाँ इलेक्ट्रिक स्कुटर एथरस्ट्याक ६.० अपडेटेड सफ्टवेयरका साथ पेस गरिएको छ।

यसका साथै स्कुटरमा कयौं नयाँ सुविधा पनि दिइएको छ। जसमा एक नयाँ मोबाइल एप, एथर ड्यासबोर्डमा ह्वाट्सएप म्यासेजको सुविभा, लाइभ लोकेसन सेयरिङ, पिंग माई स्कुटर, फोन कलको अटो रिप्लाई र इनबिल्ट एलेक्सा समावेश छ।

मूल्य

एथर रिज्टा एस (२.९ किलोवाट आवर) को मूल्य एक लाख ९ हजार ९९९ हजार भारु, एथर रिज्टा जेड (२.९ किलोवाट आवर)को मूल्य एक लाख २४ हजार ९९९ भारु र टप भेरियन्ट रिज्टा (३.७ किलोवाट आवर)को मूल्य एक लाख ४४ हजार ९९९ भारु (एक्स शोरुम) तोकिएको छ।

प्रकाशित: २५ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...