सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट लीक

  • Technology Khabar | २४ चैत्र २०८०, शनिबार
सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट लीक

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट सम्बन्धी जानकारी लीक भएको छ। आईस युनिभर्सले सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट सम्बन्धी जानकारी सामाजिक सञ्जाल एक्स मार्फत बाहिर ल्याएका हुन्।

फोल्ड६ ४४०० एमएएच ब्याट्रीमा आउने र यसले २५ वाट वायर चार्जिङ सपोर्ट गर्ने उनको दाबी छ। एक एक्स प्रयोगकर्तालाई जवाफ दिँदै उनले यो अन्तिम हुने भनेर पनि पुष्टि गरेका छन्। अब उक्त डिभाइसको विकास चरणबाट यस बिन्दुबाट थप परिवर्तनहरु नहुने उनको दाबी छ।

गत वर्ष सार्वजनिक गरिएको ग्यालेक्सी जेड फोल्ड ५ मा २५ वाट वायर चार्जिङका लागि ४४०० एमएएच ब्याट्री दिइएको थियो। सामसङ पारखीहरुले आगामी ग्यालेक्सी जेड फोल्ड ६ मा सुधारिएको ब्याट्री र द्रुत चार्जिङ उपलब्ध हुने अपेक्षा गरेका थिए।

भिभोले आफ्नो पछिल्लो एक्स फोल्ड३ प्रो ५७०० एमएएच ब्याट्री र १०० वाट चार्जिङका साथ लन्च गरेको थियो। सामसङले आफ्नो नयाँ फोल्ड डिभाइसमा पनि पूर्ववर्तीकै सामन ब्याट्री र चार्जिङ उपलब्ध गराउनेछ।

फोल्ड६ सम्भवत जुलाईको मध्यदेखि पेरिसमा आयोजना हुने अनप्याक्ड कार्यक्रममा लन्च हुने चर्चा छ।

प्रकाशित: २४ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार