टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण

  • Technology Khabar | २३ चैत्र २०८०, शुक्रबार
टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण

काठमाडौं ।

विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ।

अफ्रिकाका लागि सरकारी तथा सार्वजनिक नीति निर्देशक फर्च्यून एमजिविलि सिवान्दाले यस तालिममा केन्याका विद्यार्थी, अभिभावक र शिक्षक लगायत मानिसको सहभागी रहेको जानकारी गराएको छ।

केन्याको सुरक्षाप्रति हाम्रो प्रतिबद्धता रहेको र यसले डिजिटल सुरक्षामा राष्ट्रव्यापी पहुँच सुनिश्चित गर्न लक्ष्य राखेका उनले बताए।

यस अभियानले विभिन्न सरोकारवालालाई बोर्डमा ल्याउन र विश्वव्यापी युवा परिषद् गठन गरेर युवाहरूको आवाजलाई प्राथमिकता दिन सहयोग पुर्याउने छ। भमिनेन्टका प्रमुख कार्यकारी अधिकृत भेलिन क्यासिनाले टिकटकसँगको साझेदारीले समुदायको लागि विश्वास, आनन्द र डिजिटल इकोसिस्टम तर्फ उन्मुख गर्न खोजेको बताए।

कसिनाले परिवार र प्रमुख सरोकारवालालाई सशक्तिकरण गरेर, युवाका लागि अनलाइन स्पेसको जानकारी दिएको बताए। रासस/सिन्ह्वा

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २३ चैत्र २०८०, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २३ चैत्र २०८०, शुक्रबार

NOC from Nagarik App

  • २३ चैत्र २०८०, शुक्रबार

E-pension verification system launched

  • २३ चैत्र २०८०, शुक्रबार