
काठमाडौं ।
भूकम्पले ताइवानमा १०० भन्दा बढी मोबाइल बेस स्टेशनहरूलाई असर गरेको बताईएको छ।
ताइवानको राष्ट्रिय सञ्चार आयोग (एनसीसी) ले अप्रिल ३ मा आएको भूकम्पबाट १७२ टेलिकम बेस स्टेशन प्रभावित भएको घोषणा गरेको ताइवानका समाचार रिपोर्टहरूमा उल्लेख छ।
७.२ म्याग्निच्युडको भूकम्पले मुख्यतया यिलान र हुआलियनमा दूरसञ्चार सेवा अवरुद्ध गरेको सीएनएले जनाएको छ।
ताइवानका अपरेटरहरू चुङ्घवा टेलिकम, ताइवान मोबाइल र फारइअसटोनका स्टेशनहरू प्रभावित भएका छन्।
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार