सामसङ ग्यालेक्सी ट्याब ए९ किड्स एडिशनको घोषणा

  • Technology Khabar | २३ चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

गत वर्षको अक्टोबरमा, ट्याब ए९ र ट्याब ए९ प्लसको साथ आफ्नो ग्यालेक्सी ट्याब ए९ सिरिज लन्च गरेको सामसङले ‘ट्याब ए९ किड्स एडिशन’ नामक थप एउटा नयाँ ट्याब्लेट ल्याएको छ।

यो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए९ जस्तै भएतापनि थप बालबालिका मैत्री बनाउनका लागि यस ट्याब्लेटमा धेरै एक्सेसरीज बन्डल गरिएको जनाइएको छ। साथै बन्डल गरिएका एक्सेसरीजहरूमा किड्स पफी केस, क्रेयोन स्टाइलस, १५ वाट ट्राभल एडप्टर र स्टिकरहरू समावेश रहेका छन्।

ट्याब ए९ किड्स एडिशन विशेष रूपमा एलटीई ट्रिममा उपलब्ध छ भने यो ४जीबी र्याम र ६४जीबी स्टोरेजको साथ आउने उल्लेख छ। साथै यसमा रहेका सफ्टवेयर थोरै ट्वीक गरिएको जनाइएको छ। यो ट्याब्लेट सामसङ किड्स एपसँग प्रि–इन्स्टल्ड भएर आउने भएकाले अभिभावकहरूलाई आफ्नो बच्चाको अनुभवलाई स्क्रिन टाइम लिमिट (समय सीमा) र एप्लिकेसन रेस्ट्रिकसन्ससँग अनुकूलन गर्न अनुमति दिनेछ।

सामसङ ग्यालेक्सी ट्याब ए९ किड्स एडिशनको मूल्य १६८ अमेरिकी डलर पर्ने र यो आधिकारिक सामसङ स्टोरमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया