Technology Khabar २१ चैत्र २०८०, बुधबार
काठमाडौं ।
नेपाल टेलिकम र सर्वोच्च अदालतबीच दूरुसञ्चार सेवा उपलब्ध गराउने सम्झौता भएको छ। दूरसञ्चार सेवाका लागि नेपाल टेलिकम र सर्वोच्च अदालतबीच चैत २१ गते सम्झौता भएको हो।
सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० र सर्वोच्च अदालतको तर्फबाट सह(रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भि र पुल एसएमएस सर्भिस (सर्ट कोड) उपलब्ध गराउनेछ ।
हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ।
प्रकाशित: २१ चैत्र २०८०, बुधबार