बंगलादेशी अपरेटर बंगलालिंक र टेलिटकले टेलिकम इन्फ्रा साझेदारी गर्न शुरु

  • Technology Khabar | २१ चैत्र २०८०, बुधबार
बंगलादेशी अपरेटर बंगलालिंक र टेलिटकले टेलिकम इन्फ्रा साझेदारी गर्न शुरु

काठमाडौं ।

बंगलादेशी अपरेटर बङ्गलालिंकले सरकारी स्वामित्वको अपरेटर टेलिटकसँग आफ्नो टेलिकम पूर्वाधार साझेदारी गर्न र स्थानीय उपभोक्ताहरूका लागि ‘एक्टिभ सेयरिङ (रोमिङ)’ सेवा पाइलट सुरु गरेको छ।

फाइनान्सियल एक्सप्रेसले टेलिकम पूर्वाधार साझेदारी गर्ने विषय हुलाक, दूरसंचार र सूचना प्रविधि मन्त्रालयका राज्यमन्त्री जुनैद अहमद पलकलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

पाइलटले टेलिटकका ग्राहकहरूलाई कमजोर वा कभरेज नभएका क्षेत्रहरूमा, विशेष गरी बंगलादेशको दुर्गम ग्रामीण क्षेत्रहरूमा बङ्गलालिङ्कको नेटवर्कमा स्वचालित रूपमा जडान गर्न सक्षम पार्नेछ।

 

प्रकाशित: २१ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...