Technology Khabar २१ चैत्र २०८०, बुधबार
काठमाडौं ।
माइक्रोसफ्टले विश्वस्तरमा आफ्नो अफिस व्यवसायबाट भिडियो सर्भिस दिने टिम्स व्यवसायलाई अलग गर्ने निर्णय गरेको छ।
कम्पनीले ईयू बजारहरूको लागि ठ्याक्कै यस प्रकारको फरक गरेको लगभग छ महिनापछि यो कदम आएको सोमबार रोयटर्सले रिपोर्ट गरेको छ।
त्यो समयमा कम्पनीले ईयूबाट हुनसक्ने सम्भावित एन्टीट्रस्ट फाइनबाट बच्नका लागि दुबैलाई छुट्याएको थियो।
“अब यो विश्वव्यापी हुँदैछ, त्यसैले टिम्स अब माइक्रोसफ्ट ३६५ र अफिस ३६५ सँग बन्डल हुनेछैन, जुन यो २०१७ बाट एक हिस्सा हो” माइक्रोसफ्टका प्रवक्ताले भने, “हाम्रा ग्राहकहरूका लागि स्पष्टता सुनिश्चित गर्न, हामीले युरोपियन इकोनोमिक एरिया र स्विट्जरल्याण्डका एम ३६५ र ओ ३६५ बाट टिम्सलाई छुट्याउन गत वर्ष चालेका कदमहरू विश्वव्यापी रूपमा ग्राहकहरूलाई विस्तार गर्दैछौं। यसो गर्दा बहुराष्ट्रिय कम्पनीहरूले भौगोलिक क्षेत्रमा आफ्नो खरिदलाई मानकीकरण गर्न चाहँदा युरोपेली आयोगको प्रतिक्रियालाई पनि सम्बोधन गर्दछ।”
त्यसैले, सोमबारदेखि, माइक्रोसफ्टले टिम्सलाई प्रति महिना ५.२५ अमेरिकी डलर प्रति प्रयोगकर्ताको मूल्यमा स्ट्यान्डअलोन प्रोडक्टको रूपमा अफर गर्दैछ। यद्यपि इन्टरप्राइज–लेभल (उद्यम–स्तर) मूल्य निर्धारण देश, मुद्रा, र अन्य कारकहरूमा आधारित हुने भएकाले धेरै फरक हुनेछ।
टिम्स बाहेक अफिस प्रडक्ट हाल ७.७५ अमेरिकी डलर देखि ५४.७५ अमेरिकी डलरको बीचमा मूल्यहरू रहेका छन्।
साथै हालका ग्राहकहरूले आफ्नो हालको इजाजतपत्र सम्झौताको साथ जारी राख्न, नवीकरण गर्न, अद्यावधिक गर्न, वा नयाँ प्रस्तावहरूमा स्विच गर्न छनौट गर्न सक्ने जनाइएको छ।
प्रकाशित: २१ चैत्र २०८०, बुधबार