गुगलले क्रिप्टो वालेटहरूमा रहेका टोकनहरूको ब्यालेन्स देखाउने

  • Technology Khabar | २१ चैत्र २०८०, बुधबार
गुगलले क्रिप्टो वालेटहरूमा रहेका टोकनहरूको ब्यालेन्स देखाउने

काठमाडौं ।

पछिल्लो केही वर्षहरूमा क्रिप्टोकरन्सीहरूको कारोबार द्रुत रूपमा बढेको छ। यसैबीच, इन्टरनेट सर्च इन्जिन गुगलले पनि यस क्षेत्रका लागि नयाँ सुविधा सुरु गरेको छ। यसमा क्रिप्टो वालेटमा रहेको ब्यालेन्स गुगलमा सजिलै सर्च गरेर हेर्न सकिन्छ।

ब्यालेन्स जानकारी आर्बिट्रम, अभालान्से, बिटक्वाइन, अप्टिमिज्म, पोलिगन र फन्टमको ब्लकचेनहरूमा आधारित वालेटहरूमा प्रदान गरिनेछ।

यद्यपि, गुगल सर्चमार्फत देखिने ब्यालेन्सहरू वास्तविक समयमा अपडेट हुनेछैनन्। यो सुविधाको लागि योग्य ब्लकचेनहरूको टोकनमा मात्र ब्यालेन्स देखिनेछ।

यस सुविधाको स्क्रिनसटहरू सोशल मिडिया प्लेटफर्महरूमा देखिने छन्। ब्लकचेन लेनदेनहरू सार्वजनिक डोमेनहरूमा सुरक्षित हुन्छन्। किनकी वालेट ठेगानाले यसको धारकको पहिचान प्रकट गर्दैन।

प्रत्येक क्रिप्टो वालेटको नियन्त्रण यसको निजी कुञ्जीमा हुन्छ र यो कुञ्जी वालेटको होल्डरसँग हुन्छ। क्रिप्टो बजार विगत केही हप्तादेखि बुलिश भएको छ। यस महिनाको सुरुमा, बिटक्वाइनले ७३,७०० डलर भन्दा बढीले चुलिएको थियो।

अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले अर्को वर्ष बिटक्वाइनको मूल्य दुई लाख डलर पुग्ने अनुमान गरेको छ।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...