नेपाल टेलिकमले आफ्नो एनटीटिभी सेवामा शुरु गर्यो आलाकार्ट शुल्क प्रणाली

Technology Khabar २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकमले भास सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी (एनटीटिभी) सेवामा आलाकार्ट (A’la Carte) प्रणाली लागु गरेको छ।

नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि एनटीटिभी आलाकार्ट शुल्क प्रणाली लागु गरेको छ।

सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यबस्था रहेको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार, बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका बुके प्याकेजहरु खरिद गर्न सक्नेछन्।

Monthly Package :

S.N.Package NameTariff NRs.  (Inclusive  of Tax)
1.Monthly Star Bouquet65
2.Monthly Sony Bouquet Pack65
3.Monthly Zee Bouquet25
4.Monthly India Cast Bouquet Pack25
5.Monthly Home Box  Bouquet Pack15
6.Monthly Bennet Bouquet3
7.Monthly Discovery Bouquet20
8.Monthly BBC Bouquet2
9.Monthly Super Bouquet Pack175

Quarterly Package :

S.N.Package NameTariff NRs.  (Inclusive  of Tax)
1.Quarterly Star Bouquet195
2.Quarterly Sony Bouquet Pack195
3.Quarterly Zee Bouquet75
4.Quarterly India Cast Bouquet Pack75
5.Quarterly Home Box  Bouquet Pack45
6.Quarterly Bennet Bouquet9
7.Quarterly Discovery Bouquet60
8.Quarterly BBC Bouquet6
9.Quarterly Super Bouquet Pack525

शुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सब्सक्रिप्सन गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा प्रिमियम प्याकेजहरु उपलब्ध हुनेछन्। कम्पनीकाअनुसार सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको ट्यारिफ निम्न अनुसार रहेको छ:

S.N.FTTH PackageTotal Package Tariff (Renewal) Rs.Total Package Tariff with STB (One Time) Rs.Free Mobile Data Per Day (Max.)Remarks
1.50 Mbps1099912000600 MB
2.100 Mbps1399914999800 MB
3.150 Mbps1599916499900 MB
4.200 Mbps18999199991000 MB

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेनूमा गएर आफैं खरिद गर्न सक्ने नेपाल टेलिकमले उल्लेख गरेको छ।

टेलिकमकाअनुसार यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने छ।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया