Technology Khabar २० चैत्र २०८०, मंगलवार
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले धेरै वर्षदेखि मंगल ग्रहमा मिसन पठाउँदै आएको छ। नासाको क्युरियोसिटी मार्स रोभरले रातो ग्रहमा कयौं मिसनहरू पूरा गर्दैछ। रोभरले उपत्यकाको ३६० डिग्री मनोरम दृश्य देखाएको छ जहाँ यो उभिएको छ।
उक्त तस्विर नासाको जेट प्रोपल्सन ल्याबोरेटरीको युट्युब पेजमा सेयर गरिएको छ। यस ठाउँलाई गेडिज भ्यालिस च्यानल भनिन्छ, जुन अरबौं वर्ष पहिले बनेको थियो।
नासाका अनुसार गेडिज भ्यालिस च्यानल ५ किलोमिटर अग्लो माउन्ट शार्पमा निर्माण हुने अन्तिम विशेषतामध्ये एक थियो। क्युरियोसिटी रोभर सन् २०१४ देखि माउन्ड शार्पको आधारमा अवस्थित छ। गेडिस भ्यालिस च्यानलमा ठूलो मात्रामा ढुङ्गा र अन्य भग्नावशेषहरू छन्।
मार्स क्युरियोसिटी रोभरको आधिकारिक एक्स पेजले मंगल ग्रहको ३६० डिग्री दृश्यलाई अनावरण गर्दै एउटा पोस्ट सेयर गरेको छ। यसमा लेखिएको छ– यो ३६० डिग्री दृश्य पनोरमा गेडिस भ्यालिस च्यानलको हो। मंगल ग्रहको यस भागमा कुनै समय पानी बगेको वैज्ञानिकहरू विश्वास गर्छन्।
यो दृश्य फेब्रुअरी १ मा रेकर्ड गरिएको थियो। त्यसबेला क्युरियोसिटी मार्स रोभरको मंगल ग्रहमा ४,०८४ औं दिन थियो। रोभरले आफ्नो बायाँ कालो र सेतो नेभिगेसन क्यामरा प्रयोग गरेर यो दृश्य खिच्यो। रोभरले १० तस्बिरहरू क्लिक गर्यो, जसलाई संयोजन गरेपछि यो ३६० डिग्रीको तस्बिर तयार भएको नासाले उल्लेख गरेको छ।
‘क्युरियोसिटी’ रोभरले मंगल ग्रहमा पुगेपछि धेरै महत्त्वपूर्ण जानकारी सङ्कलन गरेको छ। रोभरले देखेको माटोको चिरा परेको ढाँचाको विश्लेषण गरेपछि, गत वर्ष वैज्ञानिकहरूले मंगल ग्रहमा पनि कुनै समय पानी थियो, जुन वाष्पीकरण भएको निष्कर्षमा पुगेका थिए।
प्रकाशित: २० चैत्र २०८०, मंगलवार