Technology Khabar २० चैत्र २०८०, मंगलवार
काठमाडौं ।
जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक–भि.जि.इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ।
यो विशेष योजनामा जि.डब्लु.एमका इलेक्ट्रिक ओरा ०३ लगायतका अन्य मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, र पावर पिकअप गाडीहरुमा विशेष आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ।
जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउने कम्पनीले बताएको छ।
ओरा ०३ ईभी मा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन्।
यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क ७ किलोवाटको फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्ने बताईएको छ।
यसैगरी अन्य गाडीहरुमा पनि ग्राहकहरुले नगद छुट, बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, लगायतका सुबिधा पाउने कम्पनीले जनाएको छ।
प्रकाशित: २० चैत्र २०८०, मंगलवार