नास-आईटीले नेपालमा पहिलो पटक ‘एपिक्टा एक्स्को’ बैठक तथा प्यानल डिस्कसन आयोजना गर्ने

  • Technology Khabar | २० चैत्र २०८०, मंगलवार
नास-आईटीले नेपालमा पहिलो पटक ‘एपिक्टा एक्स्को’ बैठक तथा प्यानल डिस्कसन आयोजना गर्ने

काठमाडौं ।

नास-आईटी (नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज) ले नेपालमा पहिलो पटक ‘एपिक्टा एक्स्को (APICTA Exco)’ बैठक यहि अप्रिल २० तारिखमा आयोजना गर्ने घोषणा गरेको छ।

आयोजककाअनुसार यो महत्त्वपूर्ण कार्यक्रमले १६ देशका प्रविधि नेताहरू र उद्योग प्रतिनिधिहरूलाई एकै स्थानमा भेला गर्नेछ।

उक्त बैठकमा अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, चीन, चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, मकाउ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनाम सहित एशिया प्रशान्त क्षेत्रका टेक लिडरहरू र उद्योग प्रतिनिधिहरू सहभागी हुने बताईएको छ।

अप्रिल २० मा  एप्टिका एक्स्को (APICTA Exco) बैठक पछि, नास-आईटीले “नेभिगेटिङ ग्रोथ: स्ट्राटेजी फर स्टार्टअप इकोसिस्टम एण्ड एशिया प्यासिफिक एक्सप्यान्सन” विषयक प्यानल छलफलको आयोजनासमेत गर्नेछ।

सो छलफलमा अष्ट्रेलियाका द मास्टरमाइन्ड समूहका सीईओ तथा एमडी फुलभियो इन्सेरा, राष्ट्रिय केन्द्रीय विश्वविद्यालयका प्राध्यापक, चाइनिज ताइपेईको प्रतिनिधित्व गर्दै प्रो. सीके फर्न, श्रीलंकाबाट डिजिटल टेक्नोलोजी ट्रान्सफर्मेसन प्रोफेशनलका परामर्शदाता रुवान अमरसेकरा तथा मलेशियामा आधारित आइरन हर्स एशिया एसडीएन बर्हादका संस्थापक/प्रमुख परामर्शदाता स्टेन सिंह सामेल हुने जनाएको छ।

एपीआईसीटीए, एशिया प्रशान्त आईसीटी गठबन्धन, सदस्य अर्थतन्त्रहरू बीच टेक्नोलोजी नवाचार र सहयोग प्रवर्द्धन गर्ने क्षेत्रीय संघ हो। एपिकटामा नास-आईटीको सदस्यताले नेपाललाई प्राविधिक आविष्कार, अन्तर्राष्ट्रिय साझेदारी र बजार विकासको हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठले भने, “नास-आईटीले नेपालको आईटी क्षेत्रलाई विश्वव्यापी मञ्चमा अगाडि बढाउन पेशेवर र उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ। एपिक्टा एक्सको बैठक र प्यानल छलफलको आयोजना प्राविधिक उद्योग भित्र नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई अगाडि बढाउने हाम्रो दृष्टिकोणसँग मिल्छ।”

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...