एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

  • Technology Khabar | २० चैत्र २०८०, मंगलवार
एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

काठमाडौं ।

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ। प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो।

यस एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागिहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो ।

एनसेल ‘ए’ समुहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह््याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेकोमा रु. १०,००० नगद पुरस्कार जितेका थिए ।

व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समुहले प्रतियोगिताको उपाधी जित्न सफल भएको थियो । कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले रु. ५०,००० नगद पुरस्कार पनि जितेका छन् । मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो । यसका लागि खड्काले रु. ३०,००० नगद पुरस्कार पनि जितेका थिए ।

त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउण्डेशनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो । चौलागाईले रु २०,००० नगद पुरस्कार जितेका थिए । सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रा.लिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार