गुगलको पोडकास्ट एप मंगलबारदेखि बन्द हुँदै

Technology Khabar २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

गुगलको एप गुगल पोडकास्ट बन्द हुने भएको छ। प्ले स्टोरमा ५० करोडभन्दा बढी डाउनलोड भएको गुगल पोडकास्ट बन्द हुँदैछ। यो एप संयुक्त राज्य अमेरिकामा अप्रिल २ देखि स्ट्रिमिङका लागि उपलब्ध हुने छैन।

गुगलले अडियो र भिडियो पोडकास्टको विकल्पमा युट्युब म्युजिकलाई लिएको छ। गत वर्ष ब्लगपोस्ट मार्फत गुगलले पोडकास्ट बन्द गर्ने घोषणा गरिरहेको छ। पहिलो चरणमा अमेरिकामा बन्द गरिनेछ। यस वर्ष भित्रै अन्य क्षेत्रका प्रयोगकर्ताका लागि पनि पोडकास्ड बन्द गरिनेछ।

गुगलले प्रयोगकर्ताहरूलाई हप्ताहरूदेखि इन–एप नोटिफिकेशन मार्फत गुगल पोडकास्ट एप बन्द गर्ने बारे सूचित गर्दै आएको छ, कम्पनीले अब एपको सुरुवात पेजमा चेतावनी प्रदर्शन गर्न थालेको छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको डाटा युट्युब म्युजिक वा पोडकास्ट सेवामा स्थानान्तरण गर्न आग्रह गरिएको छ।

उल्लेखनीय रूपमा, गुगल पोडकास्ट एप अझै पनि प्ले स्टोर र एप्पल स्टोरमा डाउनलोडको लागि उपलब्ध छ तर प्रयोगकर्ताहरूले अप्रिल २ बाट आफ्ना लोकप्रिय कार्यक्रमहरू स्ट्रिम गर्नका लागि एप्लिकेसन प्रयोग गर्न सक्ने छैनन्। प्रयोगकर्तासँग डाटा अर्को एप्लिकेसनमा स्थानान्तरण गर्न जुलाई २०२४ सम्मको समय छ।

एक ब्लगपोस्टमा गुगल पोडकास्ट एप बन्द गर्नुको कारण खुलासा गर्दै गुगलले भन्यो, ‘ २०२४ लाई हेर्दै, हामी युट्युब म्यूजिकमा पोडकास्ट अनुभवमा हाम्रो लगानी बढाउने छौँ-यसलाई फ्यानहरू र पोडकास्टरहरूका लागि समुदाय, खोज र अडियो/भिजुअल स्विचिङमा युट्युब–मात्र क्षमताहरूका साथ एक राम्रो समग्र गन्तव्य बनाउँदै छौँ।’

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया