शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल अहिलेको लागि चीन बाहिर नबेच्ने

Technology Khabar २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

शाओमीले भर्खरै लन्च गरेको आफ्नो ‘एसयू७’ इलेक्ट्रिक कार हाल चीन बाहिर बेच्ने कुनै योजना नभएको बताएको छ। यस्तै चीनमा स्थानीय शाओमी स्टोरहरूले आफ्नो क्षेत्रमा उपलब्ध हुन सक्ने कुनै पनि खरिद अनुदानहरूमा सल्लाह दिन सक्ने उल्लेख गरिएको छ।

हालैमात्र कम्पनीले आफ्नो पहिलो इभीको बुकिङ्ग लिन शुरु गरेको छ।शाओमीले चार्जिङ विकल्पहरूको रुपमा ७ किलोवाट र ११ किलोवाट गरी दुई मोडलहरूमा होम चार्जिङ पाइलहरू प्रदान गर्ने छ, जसमा एसयू७ म्याक्सको लागि हाईयर–पावर्ड अप्सन (उच्च–शक्तियुक्त विकल्प) सिफारिस गरिएको उल्लेख छ।

उक्त होम चार्जिङ प्याकेजमा केबलको ३० मिटर भित्रका इक्विपमेन्ट (उपकरणहरू) र बेसिक इन्स्टलेसन सर्भिसेस (आधारभूत स्थापना सेवाहरू) समावेश गरिएको छ। यद्यपि यो प्याकेज मुख्य भूमि चीनमा मात्रै सीमित गरिएको छ।

त्यसैगरी यो कारमा फोनहरू कनेक्ट गर्ने तरिका एकदमै सरल रहेको बताईएको छ। धेरैजसो एन्ड्रोइड फोनहरूले कारलिङ्क मार्फत जडान गर्न सकिने र यसले कारको सेन्ट्रल कन्ट्रोल स्क्रिनमा नेभिगेसन, म्युजिक, फोन कलहरू र अन्य फिचरहरू प्रयोग गर्न अनुमति दिने जनाइएको छ।

एन्ड्रोइड फोनहरूले डीएलएनए प्रयोग गरेर वायरलेसरूपमा अडियो र भिडियो स्ट्रिम गर्न सक्ने जनाइएको छ। आईप्याड प्रयोगकर्ताहरूका लागि भनेर विशेष रुपमा विस्तार गरिएको कोष्ठकमा आईप्याडलाई अगाडिको सिटको पछाडि माउन्ट गर्न सकिने जनाइएको छ। साथै “शाओमी अटो एक्सपेन्सन स्क्रिन” एप डाउनलोड गरेर सिट क्लाइमेट कन्ट्रोल, मल्टिमिडिया समायोजन र इन्टरटेनमेन्ट अप्सन्स (मनोरञ्जन विकल्पहरू) जस्ता कार फिचरहरू सिधै आफ्नो आईप्याडमा नियन्त्रण गर्न सकिनेछ।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया