Technology Khabar १९ चैत्र २०८०, सोमबार
काठमाडौं ।
नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले साना, मझौला तथा घरेलु उद्योगका लागि सरकारले एप खोलेर सहजिकरण गर्नु पर्ने भएका छन्। सोमबार प्रतिनिधि सभामा विद्युतीय व्यापार विद्येयकको सम्बन्धमा भएको छलफलमा आचार्यले साना, मझौला तथा घरेलु उद्योगका लागि सरकारले एप खोलेर सहजिकरण गर्नु पर्ने बताएका हुन्।
‘साना मझौला तथा घरेलु उद्योगहरु विषेशगरी कृषिमा आधारित व्यावयासमा एप्स प्रयोग गर्ने भनिएको छ। एप्स झन्झटिलो र खर्चिलो हुन्छ। यसमा सरकारले सहजिकरण गरेर एप्स खोल्नुपर्छ। सबै साना उद्योगहरु एपमा समाहित भए भने विश्वसनियता बढ्नुका साथै भरपर्दो पनि हुन्छ,’ आचार्यले भने।
उपभोक्ताहरुको विश्वास बढ्ने र भरपर्दो हुने भएकाले पनि सरकारले एप्स खोलेर साना, मझौला तथा घरेलु उद्योगलाई सहजिकरण गर्नु पर्ने उनको भनाइ छ।
उपभोक्ता र व्यवसायी बीच बढी भन्दा बढी उत्तरदायी र भरपर्दो कसरी बनाउने भन्ने विद्येयकमा उल्लेख हुनु पर्नेमा पनि उनको जोड छ।
प्रकाशित: १९ चैत्र २०८०, सोमबार