
काठमाडौं ।
भारत सरकारले कम्बोडियामा रोजगारीको प्रलोभनमा परेका र साइबर ठगी योजनाहरूमा भाग लिन बाध्य पारिएका आफ्ना नागरिकहरूलाई उद्धार गरिरहेको बताएको छ।
कम्बोडियामा रहेको भारतीय दूतावासले कम्बोडियाका अधिकारीहरूसँग काम गरिरहेको छ र विगत तीन महिनामा ७५ लगायत करिब २५० भारतीयहरूलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शनिबार एक विज्ञप्तिमा भनेको रोयटर्सले उल्लेख गरेको छ।
जैसवालले भारतीय समाचार रिपोर्टहरूमा प्रतिक्रिया दिँदै ५ हजार भन्दा बढी भारतीयहरू कम्बोडियामा फसेका छन्। उनीहरूलाई आफ्नो देशका मानिस विरुद्ध साइबर ठगी गर्न बाध्य पारिएको छ।
‘हामी कम्बोडियाका अधिकारीहरू र भारतका एजेन्सीहरूसँग यी ठगी योजनाहरूका लागि जिम्मेवारहरूलाई कारबाही गर्न पनि काम गरिरहेका छौं,’ जैसवालले भने।
भारत सरकार र कम्बोडियास्थित यसको दूतावासले यस्ता घोटालाहरूको बारेमा जानकारी दिँदै धेरै सूचना जारी गरेको प्रवक्ताले बताए।
प्रकाशित: १९ चैत्र २०८०, सोमबार