पारिवारिक इलेक्ट्रिक स्कुटर रिज्टा ल्याउँदै एथर, रेञ्ज करिब १५० किलोमिटर

Technology Khabar १९ चैत्र २०८०, सोमबार

काठमाडौं ।

एथर एनर्जीले भारतमा आफ्नो नयाँ पारिवारिक स्कुटर एथर रिज्टा स्कुटरको प्रि-बुकिङ सुरु गरेको छ। कम्पनीले ९९९ भारुमा बुकिङ सुरु गरेको छ।

एथर एनर्जीले पहिलो पटक इलेक्ट्रिक स्कुटर सेगमेन्टमा ठूलो पारिवारिक स्कुटर ल्याएको छ। एथर रिज्टा स्कुटर ६ अप्रिलमा सार्वजनिक गरिने ड्राइभस्पार्कले उल्लेख छ। यद्यपि कम्पनीले सार्वजनिक अघि नै प्रि–बुकिङ सुरु गरेको हो।

एथर एनर्जीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सकिन्छ। एथर एनर्जी नयाँ रिज्टालाई पारिवारिक स्कुटरको रुपमा पेस गर्नेछ। यसमा एथर ४५०एक्सको तुलनामा ठूलो सिट छ।

एथर कम्पनीका सीईओका अनुसार रिज्टाको सिट बजारमा उपलब्ध अन्य स्कुटरको तुलनामा ठूलो छ। यसका साथै रिज्टामा ठूलो अन्डर सिट स्टोरेज स्पेस पनि दिइनेछ। एथर ४५०एक्समा २२ लिटर अन्डरसिट स्टोरेज स्पेस छ। यसको तुलनामा रिज्टामा धेरै स्टोरेज स्पेस हुनेछ।

कम्पनीले भर्खरै एथर रिज्टाको वाटर वेन्डिङ टेस्टको एक भिडियो सोशल मिडियामा शेयर गरेको छ। जसमा ४० फिट पानीमा इलेक्ट्रिक स्कुटर चलाइएको छ। यस टेस्टिङका क्रममा स्कुटर पानीमा आधा डुबेको देखिएको छ।

कम्पनीले यो टेस्टिङ वाटरप्रुफ ब्याट्री तथा मोटरको डुरेबिलिटीको जाँच गर्नका लागि लिएको थियो। पानीमा इलेक्ट्रिक स्कुटरको टेस्टिङको माध्यमबाट एथर आफ्नो सवारीको ब्याट्री र मोटर आईपी६७ वाटरप्रुप रेटिङ अनुकुल भएको देखाउन चाहन्छ।

फिचर्स
रिज्टा पारिवारिक इलेक्ट्रिक स्कुटरमा एक टीएफटी ड्यासको सुविधा पाउन सकिन्छ। यो एथर ४५०एक्सकै समान देखिन्छ। यसका साथै एलईडी एलईडी लाइटिङ सेटअपको सुविधा पनि दिइएको छ।

एथर रिज्टामा राम्रो सिटिङ पाउन सकिन्छ। शक्तिशाली ब्याट्री र वाटर प्रुफिङले यो स्कुटर उत्कृष्ट हुने विश्वास गरिएको छ। यसमा राइडिङ मोड्स, फास्ट चार्जिङ, स्मार्टफोन कनेक्टिभिटी लगायत फिचर्स देख्न पाइनेछ।

ब्याट्री प्याक
रिपोर्टका अनुसार यस स्कुटरमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुबै ब्याट्री प्याकका साथ सार्वजनिक गरिनेछ। स्कुटर फुल चार्जमा ११० देखि १५० किलोमिटर बीचको रेञ्ज प्रदान गर्न सक्षम हुनेछ।

एथर रिज्टाका साथ कम्पनी ‘हेलो’ नामको एक स्मार्ट एक्सेसरी पनि प्रस्तुत गर्दैछ। रिपोर्टका अनुसार उक्त एक्सेसरी एक स्मार्ट हेलमेट हुने सम्भावना छ।

साथै एथर रिज्टा करिब एक लाख ३० हजार भारु (एक्स–शोरुम) मूल्यमा उपलब्ध हुन सक्छ।

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया