नेपाल हाईड्रोजन युगमा प्रवेश, नेपालमै उत्पादित हाइड्रोजनबाट गुड्यो कार (भिडियोसहित)

  • Technology Khabar | १८ चैत्र २०८०, आईतवार
नेपाल हाईड्रोजन युगमा प्रवेश, नेपालमै उत्पादित हाइड्रोजनबाट गुड्यो कार (भिडियोसहित)

काठमाडौं ।

नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ को प्रयोगबाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ। काठमाडौं विश्वविद्यालय (केयू)मा आइतबार नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ को प्रयोगबाट सफलतापूर्वक सवारी चलाउने परीक्षण गरिएको हो।

नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले नेपालमै पहिलो पटक हाईड्रोजन कारलाई रिफिल गरिएको बताए। योसँगै नेपाल हाईड्रोजन युगमा प्रवेश गरेको उनको भनाइ छ।

‘हामीले नेपालको बिजुली र शुद्ध पानीलाई प्रशोधन गरेर हाईड्रोजन उत्पादन गरेका छौं।। पानी र बिजुलीलाई हाईड्रोजनमा परिणत गरेर रिफिलिङ स्टेसनमा स्टोर गरिन्छ,’ थापाले भने, ‘रिफिलिङ स्टेसन मार्फत सवारीसाधनमा हाइड्रोजन रिफिलिङ गरिन्छ।’

काठमाडौं विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा हाइड्रोजन रिफिलिङ स्टेसन तयार गरेको हो।

विश्वविद्यालयमा नै भएपनि हाईड्रोजन उत्पादन गरेर, भण्डारण गरेर, प्रेसर गरेर कारमा रिफिलिङ गर्ने अवस्थामा पुगेको थापा बताउँछन्।

प्रकाशित: १८ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार