Technology Khabar १८ चैत्र २०८०, आईतवार
काठमाडौं ।
गुगलको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट जेमिनी पिक्सल ८ मा उपलब्ध हुने भएको छ। गुगलले मोबाइलमैत्री र सानो भर्सन जेमिनी नानो पिक्सल ८ प्रोमा मात्रै उपलब्ध हुने खुलासा गरेको थियो।
पिक्सेल ८ मा जेमिनी नानोको लागि समर्थनको अभावको मुख्य कारण हार्डवेयर सीमितता बताइएको गिज्मोचाइनाले उल्लेख गरेको छ। डिभाइसको स्ट्यान्डर्ड र प्रो भेरियन्ट बीच र्याम क्षमताको मात्र भिन्नता छ। दुबै फोन टेनसोर जी३ चिपसेटद्वारा सञ्चालन हुन्छ। तर पिक्सेल ८ मा ८ जीबी र्याम छ भने प्रो मोडलमा अधिकतम १२८ जीबी र्याम छ। उदारणका लागि एआई सामसङको बेस भेरियन्ट ग्यालेक्सी एस२४ मा उपलब्ध छ। सर्च जायन्टल फरक मेमोरी भएका फोनहरूमा ठूला भाषा मोडेलहरूले फरक प्रयोगकर्ता अनुभवहरू प्रदान गर्न सक्ने बताएको छ।
जेमिनी नानो पिक्सेल फिचर ड्रप अपडेटका साथ डेभलपर प्रिभ्यूका साथ जुनमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ चैत्र २०८०, आईतवार