आईफोन १२ मा सफ्टवेयर अपडेट मार्फत क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट प्राप्त

  • Technology Khabar | १८ चैत्र २०८०, आईतवार
आईफोन १२ मा सफ्टवेयर अपडेट मार्फत क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट प्राप्त

काठमाडौं ।

युरोपेली आयोगको डिजिटल मार्केट्स ऐनको अनुपालनसँग मुख्य रूपमा सम्बन्धित रहेको एप्पलको भर्खरको आईओएस १७.४ अपडेट आईफोन १२ प्रयोगकर्ताहरूको लागि सहजताका साथ आएको छ। यो नयाँ अपडेटले स्मार्टफोनको लागि एडभान्स क्यूआई२ वायरलेस चार्जिङ स्ट्याण्डर्डसँग कम्प्याटिबिलिटी छ।

म्याकवर्ल्ड प्रकाशनको रिपोर्टअनुसार परीक्षणहरूले आईओएस १७.४ संचालन गरिरहेको आईफोन १२ एसले अब वायरलेस १५ वाटमा क्यूआई २ चार्जर प्रयोग गरेर चार्ज गर्न सक्नेछ। यद्यपि उक्त चार्जर एप्पलको प्रमाणित म्यागसेफ चार्जर भने नभएको रिपोर्टले खुलासा गरेको छ।

रिपोर्टअनुसार, तिनीहरूको परीक्षणहरूमा, आईफोन १२ को म्यागसेफ र क्यूआई२ चार्जरहरू बीचको चार्जिङ टाईम (चार्ज गर्ने समय) उल्लेखनीय रूपमा समान रहेको छ। ब्याट्री ३० प्रतिशतमा पुग्न लगभग २० मिनेट लागेको र ५० प्रतिशतमा पुग्नका लागि ४५ देखि ५० मिनेट लागेको उल्लेख छ।

त्यसैगरी यी चार्जरहरूमा जडान हुँदा फोनले अब १५ वाट ओन्लि चार्जिङ एनिमेसन भनेर देखाउने बताईएकोछ।

यस अघि, आईफोन १२ एस नन–म्यागसेफ क्यूआई वायरलेस चार्जरहरूमा ७.५ वाटको चार्जिङ गति सीमित थियो। साथै एप्पलले गत डिसेम्बरमा आईफोन १३ र आईफोन १४ को लागि आईओएस १७.२ सफ्टवेयर अपडेटको साथ समान अपग्रेड गरेको थियो। यसै क्रममा अब सन् २०२० को आईफोन १२ पनि सो ग्रुपमा सामेल भएको उल्लेख गरिएको छ।

यो अपडेटले आईफोन १२ प्रयोगकर्ताहरूका लागि वायरलेस चार्जिङमा थप स्वतन्त्रता प्रदान गर्नेछ। नन्–म्यागसेफ क्यूआई २ चार्जरहरूले पनि अब पर्फमेन्समा सम्झौता नगरी उपलब्ध चार्जर विकल्पहरूको दायरा विस्तार गर्दै उही तिव्र १५वाटको चार्जिङ प्रदान गर्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: १८ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...