मस्कको ग्रोक-१.५ एआई च्याटबट अर्को हप्ता उपलब्ध हुने

  • Technology Khabar | १७ चैत्र २०८०, शनिबार
मस्कको ग्रोक-१.५ एआई च्याटबट अर्को हप्ता उपलब्ध हुने

काठमाडौं ।

इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईको पछिल्लो ग्रोक-१.५ च्याटबट अर्को हप्तादेखि सोशल मिडिया प्लेटफर्म एक्समा उपलब्ध हुनेछ। मस्कले शुक्रबार एक्समा पोस्ट गर्दै यसको जानकारी गराएका हुन्।

‘ग्रोक २ सबै मेट्रिक्समा हालको एआई भन्दा अघि हुनुपर्छ। अहिले प्रशिक्षणमा,’ मस्कले थपे।

ग्रोक-१.५ च्याटबट ग्रोकको परिष्कृत भर्सन हो। आगामी दिनहरुमा एक्समा प्रारम्भिक परीक्षकहरु र अवस्थित ग्रोक प्रयोगकर्ताहरुलाई उपलब्ध गराइने एक्सएआई बिहीबार विज्ञप्ति मार्फत जानकारी दिएको छ।

यस महिनाको सुरुवातमा मस्कले एक्सएआई ग्रोक ओपन स्रोस हुने बताएका थिए।

साथै मस्कले मंगलबार आर्टिफिसियल इन्टेलिजेनस स्टार्टअप एक्सएआईको च्याटबट ग्रो सोशल मिडिया प्लेटफर्म एक्सका सबै प्रिमियम सब्सक्राइबरका लागि सक्षम हुने बताएका छन्।

प्रकाशित: १७ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार