ब्ल्याक होलको वरिपरि बलियो चुम्बकीय क्षेत्रहरू घुमाउरो भएको नयाँ तस्वीरमा देखियो

Technology Khabar १७ चैत्र २०८०, शनिबार

काठमाडौं ।

वैज्ञानिकहरूले पहिलो पटक पोलराइज्ड लाईट (ध्रुवीकृत प्रकाश) प्रयोग गरेर हाम्रो ग्यालेक्सीको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होल ‘स्याजीटेरियस ए* (एसजीआर ए*)’ को नयाँ इमेज (तस्वीर) खिचेका छन्।

यो तस्वीरले ब्ल्याक होलको वरिपरि बलियो र संगठित चुम्बकीय क्षेत्रहरू स्पायरलिङ (घुमाउरो) भएको देखाउँछ र जुन सन् २०१९ मा ब्ल्याक होल एम८७* वरिपरि अवलोकन गरिएको जस्तै छ।

इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) को सहकार्यमा गरिएको यो खोजले शक्तिशाली चुम्बकीय क्षेत्र सबै ब्ल्याक होलहरूको साझा विशेषता हुनसक्ने सुझाव दिएको छ। त्यसैगरी इमेज (तस्वीर) ले स्याजीटेरियस ए* बाट निस्किएको लुकेको जेटको उपस्थितिमा पनि संकेत गरेको जनाइएको छ र जुन एम८७* नजिकै अवलोकन गरिएको शक्तिशाली जेट जस्तै भएको जनाइएको छ।

यस अघि, वैज्ञानिकहरूले रेगुलर लाईट (नियमित प्रकाश) मा स्याजीटेरियस ए* को पहिलो तस्बिर खिचेका थिए र जसले यसको सामान्य आकार र आकार खुलासा गरेको थियो । यद्यपि, पोलराइज्ड लाईट (ध्रुवीकृत प्रकाश) मा ब्ल्याक होलको अध्ययनले यसको वरपरका चुम्बकीय क्षेत्रहरूको गहिरो बुझाइ प्रदान गरेको उल्लेख छ। लाईट वेभ्स (प्रकाश तरंगहरू) एक विशेष दिशामा कम्पन हुन्छन, जब तिनीहरू पोलराइज्ड (ध्रुवीकृत) हुन्छन् त्यसबेला सो कम्पन सिङ्गल प्लेनमा सीमित हुने उल्लेख गरिएको छ।

स्याजीटेरियस ए* वरिपरिबाट आउने प्रकाशमा पोलराइजेसन प्याटर्न (ध्रुवीकरणको ढाँचा) को विश्लेषण गरेर वैज्ञानिकहरूले ब्ल्याक होलको चुम्बकीय क्षेत्र रेखाहरूको संरचना र शक्तिको म्यापिङ्ग गर्न सक्ने छन। यी क्षेत्रहरूले ब्ल्याक होलहरू वरपरको ग्याँस र पदार्थसँग कसरी अन्तरक्रिया गर्छन् भन्नेमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

साथै तिनीहरूले सामग्री भित्र फनेलिङ गरेर ब्ल्याक होलहरूको वृद्धिलाई उत्प्रेरित गर्न मद्दत गर्ने र कणहरूको शक्तिशाली जेटहरू बाहिरी रूपमा प्रक्षेपण गर्न पनि जिम्मेवार हुन सक्ने छन।

एम८७* भन्दा धेरै गतिशील भएको हुनाले स्याजीटेरियस ए* को पोलराइज्ड इमेज (ध्रुवीकृत तस्वीर) खिच्न निकै चुनौती भएको जनाइएको छ। साथै एम८७* एक स्थिर लक्ष्य भएको र जसले स्पष्ट तस्वीर सिर्जना गर्न लामो अवलोकन अवधिको लागि अनुमति दिने उल्लेख गरिएको छ। अर्कोतर्फ, स्याजीटेरियस ए* भने द्रुत रूपमा परिवर्तन हुने भएकाले थप परिष्कृत अनुसन्धान प्रविधिहरू र डाटा विश्लेषणको आवश्यकता पर्ने जनाइएको छ।

चुनौतीहरूको बावजुद, वैज्ञानिकहरू नयाँ खोजहरूबाट उत्साहित भएका छन्। स्याजीटेरियस ए* र एम८७* को चुम्बकीय क्षेत्रहरू बीचको समानताले ब्ल्याक होलहरू साइज (आकार) वा माश (द्रव्यमान) को पर्वाह नगरी केही आधारभूत गुणहरू साझा गर्न सक्छन्। साथै यस खोजले ब्ल्याक होल्सले कसरी काम गर्छन् भन्ने बारेमा र ब्रह्माण्डमा तिनीहरूको भूमिकाको बारेमा गहिरो बुझाइको ढोका खोल्ने अनुमान छ।

ईएचटीको सहकार्यले आफ्नो प्रविधिमा निरन्तर सुधार गर्दैछ र अप्रिल २०२४ मा स्याजीटेरियस एलाई पुनः अवलोकन गर्ने योजना बनाएको उल्लेख छ। यी निरन्तर पर्यवेक्षणहरूले टेलिस्कोप्स र डाटा विश्लेषणमा भएको प्रगतिसँगै भविष्यमा ब्ल्याक होलहरूबारे थप रहस्यहरू प्रकट गर्ने वाचा गर्दछन्।

प्रकाशित: १७ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया