एन आई सी एशिया क्यापिटलको भिडियो केवाइसी सेवा संचालनमा

  • Technology Khabar | १६ चैत्र २०८०, शुक्रबार
एन आई सी एशिया क्यापिटलको भिडियो केवाइसी सेवा संचालनमा

काठमाडौं ।

एन आई सी एशिया क्यापिटलले डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी (VKYC) मार्फत प्रमाणिकरण गर्न सकिने सेवा उपलब्ध गराएको छ।

कम्पनीले आफ्नो सम्पूर्ण सेवाहरुलाई प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ र झन्झटरहित रुपमा डिजिटलाइजड माध्यमबाट आम ग्राहकरुलाई सेवा प्रदान गर्ने मुख्य रणनीति भए अनुसार क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने गराइसकेको जनाएको छ।

सोही रणनीति अनुरुप क्यापिटलले “एन आई सी एशिया अनलाइन डिम्याट सेवा” अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी (VKYC) मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

उक्त भिडियो केवाइसीमार्फत विदेशमा रहेका नेपाली तथा नेपालबाटै “एन आई सी एशिया अनलाइन डिम्याट सेवा” मार्फत डिम्याट खाता खोली प्रमाणिकरण गर्न बाँकी रहेका ग्राहकहरुले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिङ्क क्लिक गरी उक्त इमेलमा माग गरिए बमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाइसी गर्न सक्नेछन्।

भिडियो केवाइसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने बताईएको छ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार