आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस

  • Technology Khabar | १४ चैत्र २०८०, बुधबार
आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस

काठमाडौं ।

डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। फागुन दस गतेबाट  सुरु भएको सो अफर  दुइ महिना सम्म रहने छ।

यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म  पाउन सक्नुहुन्छ।

मनि ग्राम  बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार