बीवाईडीले ७० लाख न्यू इलेक्ट्रिक भेहिकल उत्पादन गर्यो

Technology Khabar १४ चैत्र २०८०, बुधबार

काठमाडौं ।

चिनियाँ इलेक्ट्रिक सवारी जायन्ट बीवाईडी ७० लाख न्यू इलेक्ट्रिक भेहिकल (एनईभी) उत्पादन गर्न सफल भएको छ। योसँगै बीवाईडी आफ्नो कम्पनी इतिहासमा अर्को कोसेढुंगा थप्न सफल भएको छ।

कम्पनीको सोमबारको वीबो पोस्ट अनुसार ७० लाखौं सवारी एन७ एसयूभी बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा आधिकारिक रुपमा १ अपिलमा लन्च गर्नेछ।

बीवाईडी २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको थियो। कम्पनीले २००८ मा आफ्नो पहिलो एनईभी बिक्री सुरु गरेको थियो। हाल कम्पनीले दर्जनौं मोडलहरु बिक्री गर्दै आइरहेको छ।

२०२१ मे १९ मा हान ईभी मार्फत १० लाख यूनिट उत्पादनको उपलब्धि हासिल गरेको छ। एनईभी सेगमेन्टमा यस्तो कोसेढुंगा हासिल गर्ने बीवाईडी पहिलो चिनियाँ कम्पनी बन्न सफल भएको थियो।

९ अगस्ट २०२३ मा डेन्जा एन७ मार्फत बीवाईडले ५० लाख यूनिटको उपलब्धि हासिल गरेको थियो।

२४ नोभेम्बर २०२३ मा बायो ५ मार्फत कम्पनीले ६० लाख यूनिटको कोसेढुंगा हासिल गरेको थियो।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया