एक हजार किलोमिटर रेञ्ज भएको चीनको हाइड्रोजन उर्जायुक्त ट्रेनको सफल परीक्षण

  • Technology Khabar | १४ चैत्र २०८०, बुधबार
एक हजार किलोमिटर रेञ्ज भएको चीनको हाइड्रोजन उर्जायुक्त ट्रेनको सफल परीक्षण

काठमाडौं ।

चीनले आफ्नो पहिलो घरेलु रूपमा विकसित हाइड्रोजन–संचालित ट्रेनको सफल परीक्षण दौड (टेस्ट रन) संचालन गरेको छ।

उक्त परीक्षण गत बिहीबार बिहान जिलिन प्रान्तको चाङचुनमा भएको जनाइएको छ। सीआरआरसी चाङचुन रेलवे भेहिकल्सले विकास गरेको यो ट्रेनले पूर्ण रूपमा लोड भएको अवस्थामा १६० किलोमिटर प्रति घण्टाको गति हासिल गरेको उल्लेख छ।

यो सफल परीक्षणले रेल यातायातको लागि हाइड्रोजन उर्जा प्रविधिको प्रयोगमा ठूलो उपलब्धि भएको संकेत गर्दछ।

औसत ऊर्जा खपत प्रति किलोमिटर ५ किलोवाट–घण्टा

फोसिल फ्युल वा ओभरहेड इलेक्ट्रिकल लाइनहरूमा निर्भर पारम्परिक रेलहरूको विपरीत यो इनोभेटिभ ट्रेनले हाइड्रोजन इनर्जी प्रोपल्सन सिस्टमलाई प्रबर्द्धन गर्ने उल्लेख गरिएको छ। यो प्रणालीले एक शक्तिशाली र लामो समयसम्म चल्ने शक्तिको स्रोत प्रदान गर्ने जनाइएको छ भने परीक्षण डाटाले प्रति किलोमिटर मात्र ५ किलोवाट–आवर्स (घण्टा) को औसत ऊर्जा खपत गरेको छ।

साथै यो आंकडाले सबै डिजाइन आवश्यकताहरू पूरा गर्दै ट्रेनलाई विश्वव्यापी स्तरमा इनर्जी इफिसियन्सी (ऊर्जा दक्षता) को अग्रस्थानमा राख्नेछ।

यो ट्रेनमा एक हजार किलोमिटर भन्दा बढीको प्रभावशाली ड्राइभिङ रेञ्ज रहेको हुनाले यसले रिफ्युलिङ (इन्धन भर्ने) स्टपहरूको आवश्यकतालाई उल्लेखनीयरूपमा घटाउने दाबी छ। टेस्ट रन (परीक्षण दौड) अघि, हाइड्रोजन पावर सिस्टम (प्रणाली) को ड्युराबिलिटी (स्थायित्व), एक्सट्रिम वेदर (चरम तापक्रम) (–२५ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियस सम्म), भाइब्रेसन –रेसिस्टेन्स (कम्पन प्रतिरोध), इलेक्ट्रिोम्यागनेटिक कम्प्याटेबिलिटी (विद्युत चुम्बकीय अनुकूलता) र फायर सेफ्टी (आगो सुरक्षा) को लागि कडा परीक्षण गरिएको थियो।

यो सफल परीक्षण सञ्चालनले चीनमा रेल ट्रान्जिट उद्योगमा यसले हाइड्रोजन इनर्जी टेक्नोलोजी (ऊर्जा प्रविधि) को व्यापकरूपमा अपनाउनको लागि बाटो खुला गरेको जनाइएको छ।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...