Technology Khabar १३ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले “क्याच द बिग अफर” सुरु गरेको छ।
यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन्।
१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र रु. ७,५२२ मा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकि २०० एमबीपीएस प्याकेजको मूल्य मात्र रु. ७,७८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र रु.९,९१२ मा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् ।
यसका साथै डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ नि:शुल्क फाइभ-जी राउटर पनि प्रदान गर्ने जानकारी दिएको छ।
यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो। बजेट-अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाईबरनेटको प्रतिबद्धतालाई संकेत गर्ने स्पष्ट पारेको जनाएको छ।
प्रकाशित: १३ चैत्र २०८०, मंगलवार