सुबिसु केबलनेटको आम्दानी घट्दो क्रममा, कर्जाका लागि पायो ए फोर रेटिङ

  • Technology Khabar | १३ चैत्र २०८०, मंगलवार
सुबिसु केबलनेटको आम्दानी घट्दो क्रममा, कर्जाका लागि पायो ए फोर रेटिङ

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको सञ्चालन आम्दानी घट्दो क्रममा देखिएको छ। सुबिसु केबलनेटले बैंक सुविधाका गरेको रेटिङमा सञ्चालन आम्दानी घट्दो क्रममा देखिएको हो।

पछिल्लो तीन वर्षमा सुबिसु केबलनेटले आफ्नो सञ्चालन आम्दानी उतारचढाव पूर्ण देखिएको छ।

सुबिसु केबलनेटले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। भने आवमा २०७८/७९ मा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ र २०७७/७८ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा सुबिसुको सञ्चालन आम्दानी बढेको देखिन्छ भने गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालन आम्दानी घटेको देखिन्छ।

आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा सुबिसुको सञ्चालन आम्दानी २५ करोड ९० लाख रुपैयाँ अर्थात ७.३७ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सुबिसुको सञ्चालन आम्दानी ३० करोड ७० लाख अर्थात ८.१४ प्रतिशतले घटेको छ।
नयाँ सेवा प्रदायकको प्रवेश र प्रतिस्पर्धी मूल्यका कारण कम्पनीको नाफामा असर गरेको केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ।

सन् १९९० मा प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा सुबिसु २०२२ मा भने पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो। ७७ जिल्लामै सेवा प्रदान गरिरहेको सुबिसु सेवाग्राहीको आधारमा नेपालको शीर्ष ५ सेवा प्रदायक मध्ये एक रहेको छ।

केयर रेटिङ्सले सुबिसुले प्रस्ताव गरेको २६ करोड १० लाख कर्जाका लागि ए फोर रेटिङ प्रदान गरेको छ। यो छोटो अवधिका लागि बैंक सुविधा हो।

दीर्घकालीन बैंक सुविधा टर्म लोन एक अर्ब ५८ करोड ७९ लाख ४० हजार रुपैयाँका लागि डबल बी प्लस रेटिङ प्रदान गरिएको छ।

छोटो अवधिको बैंक सुविधा फन्ड बेस्ड लिमिट ४६ करोड ४४ लाख रुपैयाँका लागि ए फोर प्लस रेटिङ प्रदान गरिएको छ।

छोटो अवधि बैंक सुविधा नन् फण्ड बेस्ड लिमिट एक अर्ब ३१ करोड ५० लाख रुपैयाँका लागि ए फोर प्लस रेटिङ प्रदान गरिएको छ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार