एप्पलका स्टिभ जब्सको हस्ताक्षर भएको बिजनेस कार्ड १ लाख ८१ हजार डलरमा लिलामी

  • Technology Khabar | १३ चैत्र २०८०, मंगलवार
एप्पलका स्टिभ जब्सको हस्ताक्षर भएको बिजनेस कार्ड १ लाख ८१ हजार डलरमा लिलामी

काठमाडौं ।

एप्पल इतिहासको एक टुक्राले ठूलो मूल्य ट्याग हात पारेको छ। स्टिभ जब्सले हस्ताक्षर गरेको बिजनेस कार्ड मार्च २४ तरिखमा आरआर अक्सनमा १ लाख ८१ हजार १८३ अमेरिकी डलरमा बिक्री गरिएको छ।

सन् १९८३ को भएको अनुमान गरिएको उक्त “अल्ट्रा–रेअर, इम्याक्युलेट” (अति दुर्लभ, बेदाग) कार्ड सोही लिलामी घरमा यस अघि बिक्री गरिएको एक हस्ताक्षर नगरिएको एप्पल बिजनेस कार्ड भन्दा १४ गुणा बढि मूल्यमा बिक्री भएको हो।

पाँच प्रमाणित स्टिभ जब्स बिजनेस कार्डहरू मध्ये एक

उक्त कार्ड केही फेडिङ (रङ्ग खुईलिने) हुनुका साथै अगाडिको भागमा सानो दाग र पछाडि फेन्ट टेप मार्क (चिन्ह) हरू जस्ता केहि त्रुटिहरू रहेको जनाइएको छ। यद्यपि ४० वर्ष पुरानो वस्तुको लागि यसको असाधारण अवस्था नै यसको मूल्यको मुख्य कारक भएको उल्लेख गरिएको छ।

यो विशेष बिजनेस कार्डले प्रतिष्ठित प्रोफेश्नल स्पोर्टस् मेमोरोबिलिया अथेन्टिकेसन एजेन्सी (पीएसए) बाट प्रतिष्ठित “जेम मिन्ट लेभल १०” रेटिङको साथ प्रमाणीकरण प्राप्त गरेको छ।

कार्डले एप्पलको प्रमुख समयको झलक प्रदान गर्ने जनाइएको छ। बोर्डको अध्यक्षको रूपमा जब्सको कार्यकालमा हस्ताक्षर गरिएको यसले प्रतिष्ठित म्याकिन्टोश कम्प्युटरको लन्चको समयमा पुर्याउने उल्लेख एको छ।

त्यतिबेला ‘एप्पल लिसा’ एप्पलको मुख्य प्रोडक्टको रुपमा रहेको थियो। साथै ग्राफिकल युजर इन्टरफेस (जीयूआई) भएको एप्पल लिसा विश्वको पहिलो व्यावसायिक पीसी म्याकिन्टोस भन्दा पनि उन्नत भएतापनि व्यावसायिक रूपमा कम सफल भएको थियो।

आरआर अक्सन हाउसका अनुसार, यो केवल पाँच ज्ञात स्टिभ जब्स बिजनेस कार्डहरू मध्ये एक भएको र यसले सफलतापूर्वक पीएसए/डीएनए अथेन्टिकेसन (प्रमाणीकरण) पास गरेको उल्लेख छ। उक्त हस्ताक्षर “सफा ठाँउमा रहनुका साथै धेरै स्पष्ट” भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार