Technology Khabar १२ चैत्र २०८०, सोमबार
काठमाडौं ।
चीनमा १.०९ अर्ब इन्टरनेट प्रयोगकर्ताहरू बढ्दै गएर डिसेम्बर २०२३ सम्म पुगेको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेशन सेन्टर (सीएनएनआईसी) को एक रिपोर्टको तथ्याङ्कले देखाएको छ।
सन् २०२२ को डिसेम्बरदेखि यो सङ्ख्या २४.८ मिलियनले बढेको संस्थाले शुक्रबार सार्वजनिक गरेको चीनको इन्टरनेट विकाससम्बन्धी ५३ औं तथ्याङ्कीय प्रतिवेदनमा उल्लेख छ।
चीनका करिब ७७.५ प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता छन्, जुन वर्षमा १.९ प्रतिशत अंकले बढेको प्रतिवेदनले जनाएको छ।
गत वर्ष अनलाइन कार-हेलिङ सेवा र इन्टरनेट स्वास्थ्य सेवाका प्रयोगकर्ताहरू ९०.५७ मिलियन र ५१.३९ मिलियन अर्थात् २०.७ प्रतिशत र १४.२ प्रतिशतले वर्षैपिच्छे वृद्धि भएकाले सूचनामूलक सेवाहरूको विश्वव्यापीकरणले गति लियो।
गत डिसेम्बरसम्ममा चीनका ५० करोड ९० लाखभन्दा बढी नागरिकले यात्राका लागि अनलाइन बुकिङ प्रयोग गरेका थिए, जुन वार्षिक आधारमा ८६.२९ मिलियन अर्थात २०.४ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ।
“पूर्वाधारको लागि, ३.३८ मिलियन फाइभजी आधार स्टेशनहरू निर्माण गरिएको थियो, जसले देश भरका सबै प्रिफेक्चर-स्तरका शहरहरू र काउन्टीहरूको शहरी क्षेत्रहरूलाई समेटेको थियो,” रिपोर्टले भन्यो। सिन्ह्वा
प्रकाशित: १२ चैत्र २०८०, सोमबार