‘आइडिया बैंक’ सञ्चालन गर्दै विद्यार्थी

  • Technology Khabar | ११ चैत्र २०८०, आईतवार
‘आइडिया बैंक’ सञ्चालन गर्दै विद्यार्थी

काठमाडौं ।

काभ्रेपलाञ्चोमा एक विद्यार्थी सङ्गठनले ‘आइडिया बैंक’ सञ्चालन गर्ने भएको छ । जिल्लास्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को चौंथो पूर्ण बैठकले आइडिया बैंक सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपालमा नै गर्न सकिने उद्यम तथा यसका लागि विद्यार्थीमा भएको सोच र कार्यान्वयन गर्न समन्वय गर्ने निकाय पहिचान तथा छलफल एवं व्यवसाय सञ्चालनका लागि सहजीकरणलगायतका कार्य सो बैंकले गर्ने जनाइएको छ।

विद्यार्थी विदेशिने क्रम बढेसँगै अनेरास्ववियुले देशमा नै रोजगारी सिर्जना गर्ने योजनाका साथ नयाँ कार्यक्रम आइडिया बैंक सञ्चालन गर्न लागिएको अनेरास्ववियु जिल्लाध्यक्ष अध्यक्ष मिलनकुमार गौतमले बताए।

“सबै क्षेत्रका विज्ञसँगको आइडिया सङ्कलन तथा छलफलपछि कार्यक्रम अघि बढाइनेछ”, उनले भने। उनका अनुसार आइडिया बैंकमा विद्यार्थी आउने र उच्च शिक्षा एवं रोजगारीका समस्याबारे जानकारी गराएपछि समस्या समाधानार्थ प्रक्रिया अघि बढाइनेछ। सो कार्यक्रम अघि बढाउन अनेरास्ववियु जिल्ला उपाध्यक्ष दीपेश तिमल्सिनाको नेतृत्वमा समिति गठनसमेत गरिएको छ।

यसैबीच अनेरास्ववियु काभ्रेपलाञ्चोकले जिल्लामै पहिलोपटक ‘विद्यार्थी महोत्सव’को आयोजना गर्ने भएको छ । आगामी महिना गर्न लागिएको महोत्सवमा जिल्लाभरका विद्यार्थीलाई भेला गरेर उनीहरुको प्रतिभा प्रस्फुटन, सिकाई आदानप्रदानका लागि विद्यार्थी महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए। रासस

प्रकाशित: ११ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...