एन्ड्रोइड १५ को पछिल्लो अपडेटमा स्याटेलाइट कनेक्टिभिटी सपोर्ट

Technology Khabar ११ चैत्र २०८०, आईतवार

काठमाडौं ।

गुगलले डेभलपर प्रिभ्यू २ (डीपी२) को रिलीज सँगै एन्ड्रोइड १५ को प्रिभ्यू फेज (पूर्वावलोकन चरण) जारी राखेको छ। गत महिना इनिसियल प्रिभ्यू (प्रारम्भिक पूर्वावलोकन) लन्चमा निर्माण गरिएतापनि आफ्नो पूर्ववर्ती जस्तै यो संस्करण पनि नयाँ अपरेटिङ सिस्टमको लागि एप्लिकेसनहरू तयार गर्ने विकासकर्ताहरूलाई दृढताका साथ लक्षित रहेको छ।

यसको पब्लिक बिटा रिलीज अप्रिल महिनाका लागि अपेक्षित गरिएको छ।

एन्ड्रोइड १५ डेभलपर प्रिभ्यू २ मा नयाँ के छ?

एन्ड्रोइड १५ डीपी २ को ठूलो परिवर्तन भनेको यसले अपरेटिङ सिस्टमस्तरमा स्याटेलाइट कनेक्टिभिटीलाई समर्थन गर्नेछ। ओएसमा अब यूआई एलिमेन्टहरू डिजाइन गरिएका छन्, जसले भूउपग्रहहरूसँग ‘कनेक्ट’ भएका डिभाइसहरूका लागि कन्सिस्टेन्ट प्रयोगकर्ता अनुभव सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

साथै एपहरूले डिभाइसले स्याटेलाइट नेटवर्क प्रयोग गरिरहेको छ कि छैन भनेर पत्ता लगाउन सक्ने र तदनुसार यसको कार्यक्षमता समायोजन गर्न सक्ने जनाइएको छ। कोर मेसेजिङ सेवाहरू जस्तै एसएमएस/एमएमएस र प्रि–इन्स्टल्ड आरसीएस एपहरूले पनि सञ्चारको लागि भूउपग्रह स्याटेलाइट कनेक्सनहरू प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

एन्ड्रोइड १५ डीपी २ ले एप्लिकेसनहरू भित्र पीडीएफहरू ह्यान्डल गर्न थप रूपमा सजिलो बनाउने छ। विकासकर्ताहरूले अब पासवर्ड–प्रोटेक्टेड पीडीएफहरू, एनोटेसनहरू र इन–डकुमेन्ट सर्च, इडिटिङ (सम्पादन) र सेलेक्सन क्यापाबिलिटिज (चयन क्षमताहरू) को लागि रेन्डरिङ समावेश गर्न सक्नेछ।

पीडीएफ रेन्डरर अपडेट (अद्यावधिक) हरू गुगल प्ले सिस्टम अपडेट (प्रणाली अद्यावधिक) हरू मार्फत आउने र प्रमुख एन्ड्रोइड रिलीजहरूमा निर्भर नहुने जनाइएको छ। त्यसैगरी स्थानीय पीडीएफ भ्यूईङ्ग एक्सपेरियन्स छिटो हुनुका साथै एन्ड्रोइड १५ मा कम स्रोतहरू प्रयोग गर्न सकिने गुगलले बताएको छ।

त्यसका साथै डेभलपर प्रिभ्यू २ को अन्य उल्लेखनीय सुधारहरूमा सहज एनएफसी पेमेन्ट एक्सपिरियन्स (भुक्तानी अनुभव) र अडियो रिकग्निसन (पहिचान) को लागि अटोमेटिक ल्याङ्गवेज (स्वचालित भाषा) स्विचिङको रिफाइनमेन्ट (परिष्करण) हरू समावेश रहेका छन्।

विकासकर्ताहरूले आफ्नो एप फ्लिप–शैली फोल्डेबल फोनहरूको सानो कभर स्क्रिनमा कसरी देखा पर्छ भनेर कस्टमाइज गर्न सक्ने छन। “यी स्क्रिनहरू एन्ड्रोइड एपहरू चलाउनका लागि उपयुक्त लक्ष्यका रूपमा विचार गर्नका लागि धेरै सानो छन्” तर तिनीहरूले अझै पनि विकासकर्ताहरूलाई विकल्पको रुपमा काम दिइरहेका गुगलले बताएको छ।

यसबाहेक, एन्ड्रोइड १५ ले प्रयोगकर्ताको गोपनीयता सुधार गर्न एप रेकर्ड भइरहेको छ कि छैन भनेर पनि पत्ता लगाउन सक्ने जनाइएको छ। सुधारिएको अडियो अनुभवहरूको लागि भनेर गुगलले एउटा नयाँ लाउडनेस स्ट्याण्डर्ड (मानक) प्रस्तुत गर्दैछ जसले विभिन्न अडियो सामग्रीहरू बीच स्विच गर्दा इनकन्सिस्टेन्सिहरूलाई कम गर्नुपर्नेछ।

त्यसैगरी ‘डु नट डिस्टर्ब मोड’ मा थप कस्टमाइजेसन गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई विशेष नियमहरूलाई प्राथमिकता दिनुका साथै ब्ल्याक–एण्ड–ह्वाइट डिस्प्ले, नाइट मोड र वालपेपर डिमिङ जस्ता कार्यहरू ट्रिगर गर्न अनुमति दिनेछ।

प्रकाशित: ११ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया