काइनेटिक ई-लूनाले जित्यो वेस्ट इलेक्ट्रिक भेहिकल मोडल अवार्ड

Technology Khabar १० चैत्र २०८०, शनिबार

काठमाडौं ।

सन् १९७० को दशकमा भारतीय बजारमा लोकप्रिय मोटरसाइकल काइनेटिक लूना ईभी भर्सनले वेस्ट इलेक्ट्रिक भेहिकल मोडल अवार्ड जितेको छ। भारतको पुणेमा आयोजित इमोबिलिटी स्टेट लिडरसिप अवार्ड २०२४ मा काइनेटिक लूनाले वेस्ट इलेक्ट्रिक भेहिकल मोडल अवार्ड जितेको हो।

ई–लूना यसको किफायती मूल्य र पर्यावरणमैत्री भएकाले सर्वश्रेष्ठ इलेक्ट्रिक सवारी मोडलको रुपमा सम्मानित गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

काइनेटिक ग्रीनले ई-लूना इलेक्ट्रिक मोपेड एक्स१ र एक्स२ दुई भेरियन्टमा भारतमा उपलब्ध गराएको छ।

काइनेटिक ईलूना एक्स१ को मूल्य ६९ लाख ९९० हजार भारु र एक्स२ को मूल्य ७४ हजार ९९० भारु (एक्स शोरुम) तोकिएको छ। मलमेरी, ओसियन ब्लू, पर्ल एल्लो, स्पार्ककिङ ग्रीन, र नाइट स्टार ब्ल्याक कलर विकल्पमा उपलब्ध छ।

नयाँ इलेक्ट्रिक अवतार पूरानो लूना मोडलको अपडेटेड भर्सन जस्तो देखिन्छ। यद्यपि यो पहिलाकै जस्तै बलियो भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यसमा गोलो ह्यालोजन हेडलाइट दिइएको छ। यो चार कुना भएको निकेल भित्र छ र यसमा ह्यालोजन इन्डिकेटर पनि पाइन्छ। तर यसमा पुरानो मोडलको जस्तो प्याडल भने उपलब्ध हुनेछैन।

काइनेटिक ईलूनामा २ किलोवाट आवर ब्याट्री प्याकका साथ १.२ किलोवाटको मोटर दिइएको छ। सिंगल चार्जमा यसले ११० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। टप स्पीड ५० किलोमिटर प्रति घण्टा छ।

यस ईभीका साथ एक पोर्टेबल चार्जर पनि पाउन सकिन्छ। यस इलेक्ट्रिक मोपेड ४ घण्टामा फुल चार्ज हुन्छ। ब्रेकिङका लागि अघि पछाडि कम्बी ड्रम ब्रेक दिइएको छ। यस इलेक्ट्रिक मोपेडको कुल तौल ९६ किलोमिटर छ।

ईलूना इलेक्ट्रिक मोपेडमा काइनेटिक ग्रीन कनेक्ट एपका साथ एक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छ। जसले यसको प्रदर्शन ट्याक गर्ने अनुमति दिन्छ।

साथै यसमा साइड स्ट्यान्ड सेन्सर, यूएसबी चार्जिङ पोर्ट, सेफ्टी लक लगायत फिचर्स छ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया