शाओमी, ह्वावे, अनर, र ओप्पोले नयाँ एचडीआर इमेज स्ट्याण्डर्डका लागि सहकार्य गर्ने

Technology Khabar १० चैत्र २०८०, शनिबार

काठमाडौं ।

शाओमीले बजारमा पाईने मध्येका सबैभन्दा उन्नत क्यामरा हार्डवेयरहरू भएका स्मार्टफोनहरू उत्पादन र बिक्री गर्ने गर्दछ। तर कम्पनीले इमेजिङ उद्योगमा आफ्नो प्रभाव हार्डवेयर भन्दा बाहिर विस्तार गर्न चाहेको छ।

शाओमीले अब नयाँ एचडीआर इमेज स्ट्याण्डर्ड (मानक) विकास गर्नका लागि नेतृत्व लिइरहेको उल्लेख छ।

हालै मात्र, वर्ल्ड अल्ट्रा–एचडी भिडियो इन्डिस्ट्री अलायन्स (यूडब्ल्यूए अलायन्स) ले “हाई डायनामिक रेञ्ज (एचडीआर) स्टिल इमेजस पार्ट २ः सिङ्गल–लेयर फर्म्याट” शीर्षकको परियोजनालाई अनुमोदन गरेको र जसले “हाई डायनामिक रेञ्ज (एचडीआर) का लागि सिङ्गल–लेयर फर्म्याट सिर्जना गर्नमा केन्द्रित हुने जनाइएको छ।

शाओमीले चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी स्ट्यान्डर्डाइजेसन इन्स्टिच्युट, ह्वावे, टेन्सेन्ट, ओप्पो र अनरसँगको सहकार्यमा यस पहलको नेतृत्व गरिरहेको छ।

साथै यस परियोजनाको सम्पन्न मिति सन् २ण्२द्ध को अन्तिसम्म रहेको छ भने यसले एचडीआर इमेज ह्यान्डलिङको लागि स्ट्यान्डर्डाइज्ड (मानकीकृत) फ्रेमवर्क स्थापना गर्ने लक्ष्य राखेको थप उल्लेख छ।

यूडब्ल्यूए अलायन्सको स्वीकृति प्रमाणपत्रले यो परियोजनाले सिङ्गल–लेयर र डबल–लेयर गरी दुई प्रकारका एचडीआर स्टिल इमेज फर्म्याटहरूका लागि मापदण्डहरू तय गर्नेछ।

डबल–लेयर फर्म्याट (ढाँचा) ले एचडीआर लाई स्ट्यान्डर्ड डायनामिक रेञ्ज (एसडीआर) सँग जोड्छ भने सिङ्गल–लेयर फर्म्याट (ढाँचा) ले विशेष रूपमा एचडीआर फिचर गर्ने जनाइएको छ।

अलायन्स (गठबन्धन) का अनुसार, डुअल–लेयर एचडीआर डिस्ट्रिब्युसन फर्म्याट (वितरण ढाँचा) को विकास लगभग पूरा भएको र द्रुत रूपको सहमतिसँगै जारी गर्न सकिने सम्भावना रहेको उल्लेख छ।

यद्यपि, सिङ्गल–लेयर डिस्ट्रिब्युसन फर्म्याट (वितरण ढाँचा) लाई भने थप समय चाहिने र शाओमीले यसैको लागि आफ्नो प्रयासहरू निर्देशित गरिरहेको छ।

यूडब्ल्यूएले सिङ्गल–लेयर एचडीआर इमेजका फाइदाहरुः

१. एचडीआर तस्बिरहरू लियर र थप एसडीआर कन्टेन्ट (सामग्री) सिर्जना गर्ने आवश्यक बिना नै एचडीआर इमेजहरू सिर्जना गर्न सकिने।

२. एचडीआर इमेजहरू इडिटिङ (सम्पादन) गर्न थप इफिसियन्ट हुने र एसडीआर पार्ट (भाग) समायोजन गर्न आवश्यक नपर्ने।

३. यसमा हाईयर (उच्च) कम्प्रेसन इफिसियन्सी छ, तसर्थ यसले स्टोरेज स्पेस र प्रसारण ब्यान्डविथ बचत गर्नेछ।

४. एचडीआर इमेजहरू वितरण गर्दा, निजी जानकारी व्यक्तिगत रूपमा मेटाउन सकिनेछ।

एक पटक पूरा भएपछि, नयाँ मानकले सिङ्गल–लेयर एचडीआर इमेजहरूको डिस्ट्रिब्युसन फर्म्याट (वितरण ढाँचा) कसरी परिभाषित गर्छ भनिएको छ।

यसले इमेज फर्म्याटिङ, मेटाडाटा, एचडीआरदेखि एसडीआर रूपान्तरण र सिङ्गल–लेयर एचडीआर इमेजहरू उत्पादन, सम्पादन, प्रसारण र हेर्नका लागि दिशानिर्देशहरू समावेश गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया