Technology Khabar ९ चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
भारतको चर्चित फ्रेन्चाइजी क्रिक्रेट इन्डियन प्रिमियम लिग (आईपीएल) आज (शुक्रबार) देखि सुरु हुँदैछ। यस प्रतियोगितमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ‘स्मार्ट रिप्ले सिस्टम’ नामक नयाँ क्यामरामा आधारित रिप्ले सिस्टम प्रयोगमा ल्याउँदैछ। नयाँ सिस्टमको उद्देश्यक स्टेडियमको वरिपरि विभिन्न स्थानमा लगाइएको नयाँ हाई स्पीड क्याम सेटअपको उपयोग गरेर छिटो, थप प्रभावकारी र अधिक सटीक निर्णयहरु लिइनेछ।
स्मार्ट रिप्ले सिस्टम इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करणमा डेब्यु गर्नेछ।
स्मार्ट रिप्ले सिस्टम डीआरएस र टिभी अम्यारका लागि के हो?
स्मार्ट रिप्ले सिस्टम एक नयाँ रिभ्यू सिस्टम हो। जसको उद्देश्य निर्णय लिने दक्षता बढाउने र क्रिक्रेटमा रिभ्यू प्रक्रियालाई सुव्यवस्थित गर्ने हो।
स्मार्ट रिप्ले सिस्टमलाई जमिनक वरिपरि रणनीतिक रुपमा राखिएको ८ हाई स्पीड होक आई क्यामरा उपयोग गर्नेगरी सुविधाजनक बनाइएको छ। यसका साथसाथै दुई हॉक–आई अपरेटरहरू पनि टिभी अम्पायरको साथमा रियल टाइम इमेज र छिटो निर्णय विश्लेषणको लागि डाटा प्रदान गर्न त्यहाँ हुनेछन्।
नयाँ सिस्टमले हॉक–आई अपरेटर र तेस्रो अम्पायरबीच मध्यस्थकर्ताको रुपमा टिभी प्रसारण निर्देशकको भूमिकालाई समाप्त गर्दै परम्परागत सेटअपलाई खारेज गर्छ।
नयाँ सिस्टममा टिभी अम्पायरले प्रत्यक्ष रूपमा अपरेटरबाट भिजुअलहरू प्राप्त गर्छन् जसले तिनीहरूलाई स्प्लिट–स्क्रिन दृश्य र विभिन्न कोणहरू सहित इमेजको फराकिलो दायरा पहुँच गर्न सक्षम बनाउँछ।
सबै अतिरिक्त डाटा मिलाएर र बीचमा कुनै मध्यस्थता नहुँदा थप अधिक व्यापक विश्लेषणको लागि अनुमति प्राप्त हुन्छ। यो चलिरहेको खेलमा रन आउट, क्याच ड्रप र एलबीडब्ल्यू जस्ता महत्वपूर्ण परिस्थितिहरूमा काममा आउन सक्छ।
स्मार्ट रिप्ले सिस्टम डीआरएसमा पनि काममा आउँछ। किनभने सम्पूर्ण विषय दर्शकहरूका लागि उपलब्ध हुनका साथै के निर्णय लिइएको छ र किन लिइएको छ भनेर सचेत रहन।
यसले रियल वर्ल्ड परिदृश्यहरूमा कसरी काम गर्नेछ
नयाँ स्मार्ट रिप्ले सिस्टमसँगै अब ओभरथ्रोका क्रममा ब्याट्सम्यानले एकअर्कालाई पार गरे वा गरेनन् भन्ने पत्ता लगाउन सकिनेछ। उद्दारणका लागि फिल्डरले बल स्टम्प तर्फ फ्याँक्यो तर त्यो बाउन्ड्री बाहिर जान्छ। यो सिस्टमले ब्याट्सम्यानको पोजिसन र फिल्डरले बल रिलिज गर्ने सही समयको फुटेज खिच्न फिल्डको वरिपरि राखिएका उच्च गतिको क्यामराहरू प्रयोग गर्छ। यस फुटेजलाई त्यसपछि ओभरथ्रो भइरहेको समयमा ब्याट्सम्यानले क्रिज पार गरे कि गरेनन् भनेर निर्धारण गर्न विश्लेषण गर्न सकिन्छ।
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार