
काठमाडौं ।
अन्तरिक्ष पर्यटन कम्पनी स्पेसभीआईपी ले कूल ५०० मिलियन अमेरिकी डलर (लगभग ३.६ बिलियन युआन) मा विलासी अन्तरिक्ष डिनर प्रस्ताव गर्ने भएको छ। उक्त अन्तरिक्ष पर्यटन यात्रा अर्को वर्ष आयोजना गरिने उल्लेख छ।
६घण्टाको यो अन्तरिक्ष यात्रामा ६ जना भाग्यशाली यात्रुहरू बेलुन स्पेसक्राफ्ट (अन्तरिक्षयान) मा पृथ्वीबाट ३० किलोमिटरको उचाइमा पुग्ने जनाइएको छ। त्यहाँ, उनीहरूलाई मिशेलिन–स्टार्ड शेफ रासमस मंकद्वारा विशेष रूपमा तयार पारिएको मेनु पेश गरिनेछ।
“एरोजेल क्विजीन” र “क्याप्सुल अरोमा” जस्ता अत्याधुनिक अवधारणाहरूबाट प्रेरणा प्राप्त गर्दै मंकले असाधारण पाककलासहित साहसिक कार्यको प्रतिज्ञा गरेको उल्लेख छ। साथै उक्त स्पेस मेनुलाई खाना र अन्तरिक्ष यात्राको एक अद्वितीय फ्यूजन प्रदान गर्न पृथ्वी बाहिरको अनुभव कम्प्लिमेन्ट गर्न डिजाइन गरिने बताईएको छ।
एस्ट्रोनमिकल प्राइस (खगोलीय मूल्य) ट्यागको बावजुद, यो स्पेस डिनरले आश्चर्यजनक रूपमा उच्च स्तरको चासो उत्पन्न गरेको जनाइएको छ। शेफ मंक आफैंले कडा मागलाई स्वीकार गर्दै भविष्यका भ्रमणहरू र सम्भावित मूल्य समायोजनहरू मार्फत स्पेस डाइनिङलाई थप पहुँचयोग्य बनाउने आशा व्यक्त गरेका छन्।
स्पेस पर्सपेक्टिभ्सको इन्जिनियरिङले अन्तरिक्ष पर्यटन गराउने यानलाई विशेष इन्जिनियरिङ्गसहित तयार पारेको छ। नासा अवधारणाहरूबाट प्रेरित भएर, यसले जटिल रकेट प्रणालीहरूको आवश्यकतालाई हटाउँदै टेथर्ड बेलुन डिजाइनको प्रयोग गरेको बताएको छ। यो प्रेसराइज्ड क्याप्सुलले कुनै विशेष प्रशिक्षण वा उपकरणको आवश्यकता बिना यात्रुहरूको लागि आरामदायी र सुरक्षित यात्रा सुनिश्चित गर्ने छ।
यसअघि, फ्रान्सेली कम्पनी जेफाल्टोले पनि १ लाख ३२ हजार अमेरिकी डलरको मूल्य ट्यागका साथ गत वर्ष यस्तै सेवाको घोषणा गरेको थियो। सन् २०२५ को लागि निर्धारित गरिएको तिनीहरूको स्पेस डिनरले स्पेसभीआईपीको स्काई–हाई प्राइस (मूल्य) भन्दा थप किफायती विकल्प प्रदान गर्ने जनाइएको छ।
प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार